७ वैशाख २०८१ शुक्रबार
समाज

अस्पतालमा रगत जुटाउदै युवा

रोल्पा – रोल्पा सदरमुकाममा ब्यापार गरि बस्ने २३ बर्षिय कमल वली बैङ्कमा अर्थिक कारोवार गदै थिए। फोन आयो। अस्पतालमा सुत्केरीलाई रगतको आबस्यकता परेको रहेछ। बैङ्कको काम त हुदै गर्छ पहिला ज्यान पो बचाउनु पर्छ भन्ने सोचका साथ उनले अस्पताल पुगेर रगत दिए।  

‘बच्चा जन्मिसके पछि धेरै रगत बगेकी गर्पाको एउटी दिदीलाई रगत चाहिएको रहेछ’, उभने भने, ‘रगत दान गरेर एउटा आमाको ज्यान बचाउन पाउँदा खुशी लागेको छ। रक्तदान गरेर आफुलाई कुनै हानि नहुदो उनले भने। रैछ ।

जिल्लामा कार्यालय स्थापना गरेर बसेको रेडक्रसले प्रभावकारी भूमिका निर्वाह नगर्दा युवाहरुको सक्रियतामा रक्तदाता अस्पताल पुग्ने गरेको स्थानीयले बताएका छन्। केही समय अगाडी स्थानीय युवाहरुले ‘ब्लड फर रोल्पा’ अभियान सञ्चालनमा ल्याएका छन्। ‘हामिले रक्तदाताको बिबरण संकलन गरेर अस्पताल प्रसाशनलाई दिएका छौ। रगत आवस्यक पर्दा हामीसँग आवद्ध करिब ५ दर्जन बढि युवा मध्य जो कोही पनि अस्पताल पुग्ने गरेका छौं’, अभियानको नेतृत्व गरिरहेका बिनोद डागिले भने, ‘अहिलेसम्म १२/१५ जनाले रक्तदान गरि सक्नु भएको छ।’

स्थानिय युवाहरुले ‘ब्लड फर रोल्पा’ अभियान संचालन गरेपछि आफुहरुलाई निकै सहज भएको स्वास्थ्यकर्मी बताउँछन्। ‘रगतको अभावमा बिरामिलाई बाहिर रिफर गर्नु परेको छैन। रगत खोज्दामा अप्रेशन गर्न ढिला हुने समस्या पनि समाधान भएको छ’, जिल्ला अस्पताल रोल्पाका डा. प्रकाश बुढाले भने, ‘फोन गरेकै भरमा एकै छिनमा रक्तदाताहरु आउनुहुन्छ। धेरै सजिलो भएको छ।’

‘ब्लड फर रोल्पा’ अभियानका अभियन्ताहरुले मोवाईल एप्स समेत निर्माण गरेका छन्। नाम, ठेगाना, फोन नम्बर, ब्लड गु्रप र अन्य जिल्लाका महत्वपूर्ण फोन समेत राखेर तयार गरिएको एप्समा दाता आफै रजिस्टर हुन पनि सक्ने छन्। दुई महिना अगाडिबाट सञ्चालनमा आएको यो अभियानमा आवद्ध कमल वली जस्तै प्रमोद रायमाझी, भरत डिसि लगायतले सुत्केरी समयमा समस्या परेकालाई रक्तदान गरेका छन् भने अन्य दर्जन बढि युवाले अन्य बिरामिलाई आबस्यक समयमा रगत दिएका छन्।

अभियानले सार्थकता र प्रशंसा पाउन थाले पछि यतिवेला सदरमुकाममा रहेका कर्मचारी, पत्रकार, शिक्षक, नागरिक समाजमा आवद्ध ब्यक्तिहरु पनि ‘ब्लड फर रोल्पा’मासँग जोडिएका छन्। ‘यो त पुण्यको काम हो। म पनि अभियानमा जोडिएको छु’, जलजला बहुमुखि क्याम्पसका सहायक क्याम्पस प्रमुख गोकर्ण पुनले भने, ‘यसले बिरामि र अस्पताल दुबैलाई सजिलो बनाएको छ। आज अरु बिरामिलाई  सहयोग गर्दा भोली आफैलाई पर्दा पनि सहयोग पाइन्छ।

बिनोद डागि, दिल कुमार डागि, सरद डागि, आकाश डिसि, भरत डिसि, बालाजु श्रेष्ठ र राम कुमार बुढा सहित ७ जना युवाहरुको सक्रियतामा सुरु गरिएको अभियानमा अहिले ७० जना बढि जोडिइसकेका छन्।

प्रकाशित: १८ कार्तिक २०७५ ०४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App