सिडिओको दबाबमा एसपी सरुवा

आइतबार, १८ कार्तिक २०७५, ०७ : ०९ टपेन्द्र कार्की

काठमाडौं - जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी कृष्णहरि शर्मा तीन महिना नपुग्दै काठमाडौंमा सरुवा भएका छन्। दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको दबाबमा प्रहरी प्रधान कार्यालयले एसपी शर्मालाई शुक्रबार साँझ काजसरुवा गरेको हो।

बुटवल ट्राफिक कार्यालयका प्रमुख रहेका शर्मा केन्द्रीय अनुसन्धान ब्युरोमा सरुवा भएका थिए। ब्युरोमा आएको केही महिनामै उनलाई महानिरीक्षक सर्वेन्द्र खनालले दाङ पठाएका थिए।

स्रोतका अनुसार दाङ पुगेको १५ दिनपछि प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठसँग एसपी शर्माको खटपट प-यो। त्यसपछि श्रेष्ठले शर्मालाई अन्यत्र सरुवा गर्न गृह मन्त्रालयसमक्ष अनुरोध गर्न थाले। १६ महिनाअघि तत्कालीन गृहमन्त्री जनार्दन शर्माले श्रेष्ठलाई दाङको सिडिओ बनाएर पठाएका थिए।

दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको दबाबमा प्रहरी प्रधान कार्यालयले दाङका प्रहरी प्रमुख एसपी कृष्णहरि शर्मालाई शुक्रबार साँझ काजसरुवा गरेको छ।

मन्त्रालय स्रोतका अनुसार आफ्नो अनुरोधलाई मन्त्रालयले बेवास्ता गर्न थालेपछि प्रमुख जिल्ला अधिकारी श्रेष्ठले राजनीतिक नेतृत्व गुहार्न थाले । एसपी शर्माको सरुवाका लागि श्रेष्ठले राजनीतिक नेतृत्वमार्फत दबाब दिएपछि प्रहरी प्रधान कार्यालयले उनलाई सरुवा गरिदिएको स्रोतल बतायो।

‘प्रहरी प्रमुखलाई हटाउनुप-यो भन्दै सत्ताधारी दलका केही नेताको दबाब आएको थियो । सिडिओ श्रेष्ठ आफैं मन्त्रालयमा आएर एसपी फेर्नुप-यो भनेर आग्रह गरेपछि शर्मालाई सरुवा गरिएको हो,’ मन्त्रालय स्रोतले भन्यो।

एसपी शर्मा प्रहरी प्रमुख भएर गएको १५ दिनमै विभिन्न मुद्दामा श्रेष्ठले हस्तक्षेप गर्न थालेपछि उनीहरूबीच खटपट सुरु भएको बताइन्छ। ‘यस विषयमा प्रहरी महानिरीक्षक र प्रहरी प्रधान कार्यालयका प्रायः अधिकृत जानकार छन्। प्रहरी महानिरीक्षक खनाल कतार भ्रमणमा रहेका बेला शर्माको सरुवा गर्न प्रहरी प्रधान कार्यालयलाई ठूलै दबाब आएको थियो। खनालले मन्त्रालयको दबाब थेग्न नसक्दा शर्माको सरुवा भयो’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो, ‘सिडिओ श्रेष्ठले एक महिनाअघिदेखि नै एसपीलाई हटाइदिन्छु भनेका रहेछन्, अहिले सफल भए।’

प्रहरी उच्च स्रोतका अनुसार श्रेष्ठले प्रहरीले अनुसन्धानका लागि ल्याइएका मानिसलाई समेत छुटाउन दबाब दिँदै आएका थिए। यसपछि एसपी शर्माले अनुसन्धान गर्ने निकाय सिडिओ कार्यालय हो कि प्रहरी कार्यालय हो भन्दै श्रेष्ठसँग प्रश्न गरेका थिए।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले एसपी शर्मासँग आफ्नो कुनै विवाद नभएको बताएका छन्। ‘म मेरै कामले काठमाडौं आएको हुँ। उहाँको सरुवा किन भयो मलाई थाहा छैन’, उनले नागरिकसँग भने, ‘एसपीसाब पूर्वको मानिस, म पश्चिमको । हाम्रो पुस्ताैंनी दुस्मनी छैन।’ उनले कार्यालयको कामले काठमाडौं आएको बताए। ‘उहाँलाई मैले एक महिनाअघि नै काठमाडाैं जान्छु भनेको थिएँ। म काठमाडौं आएपछि उहाँको सरुवा भएछ। उहाँको सरुवाको कारण मलाई थाहा भएन’, श्रेष्ठले भने।

श्रेष्ठ १७ महिनाअघि कोष तथा लेखा नियन्त्रक कार्यालयबाट राजनीतिक पहुँचका आधारमा सीधै गृह मन्त्रालयमा सरुवा भएका थिए। त्यसपछि दाङको प्रमुख जिल्ला अधिकारी बनेका श्रेष्ठ यसअघि कहिल्यै गृह मन्त्रालय बसेका छैनन्। उनलाई तत्कालीन गृहमन्त्री जनार्दन शर्माले दाङको सिडिओ बनाएर पठाएको १६ महिना बितेको छ। उनी सिडिओ भएर दाङ गएपछि त्यहाँ प्रहरी प्रमुख भने तीनपटक फेरिएका छन्।

प्रहरी प्रधान कार्यालयले शर्माको स्थानमा बेलबहादुर पाण्डेलाई पठाएको छ। प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले दाङका प्रहरी प्रमुख शर्माको सरुवा प्रधान कार्यालयलाई आवश्यक परेर भएको दाबी गरे। ‘उहाँलाई कारबाही गरेर सरुवा गरिएको होइन, विभागलाई उहाँको आवश्यकता महसुस भयो त्यसकारण सरुवा गरिएको हो’, सुवेदीले भने।

यसैगरी, स्याङ्जा जिल्लामा ड्युटीमा रहेका प्रहरी जवानलाई कुटपिट गर्ने हरिनास गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरविरुद्ध मुद्दा दायर गर्ने तयारी गरिरहेका स्याङ्जाका एसपी जयराज सापकोटालाई पनि प्रहरी प्रधान कार्यालयले केन्द्रमा तानेको छ। गाउँपालिका अध्यक्ष मानन्धरले दार्सिंग प्रहरी चौकीका प्रहरी जवान रामनारायण चौधरीलाई युवाको झगडाको निहुँमा कुटपिट गरेका थिए । एसपी सापकोटाको स्थानमा एसपी राजकुमार लम्साललाई पठाइएको छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यदि तपाईंले प्रयोग गर्ने पासवर्ड पनि यही सूचीमा भेटाउनु भयो भने चाडैं नै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ...

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

यही असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने यो अत्यन्त आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स...

बर्जरको वेदरकोट लङ्गलाइफ

बर्जरको वेदरकोट लङ्गलाइफ

पियू र सिलिकन प्रविधि प्रयोग गरिएको यसले घामपानी छेक्ने १० वर्ष टिक्ने कम्पनीको दाबी रहेको छ । ...

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

हरेक मोबाइलको खरिदमा १ लाख रुपैंयासम्मको जीवन बीमा ...

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

विश्वव्यापीकरणको यस युगमा लोक संगीत युवा पुस्ताको समेत रुची भइरहेको आभास लोक संगीतका स्रष्टा आफैले गर्ने गरेका छन् । ...

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...