coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘प्रेम दिवस’का लागि प्रियंका र आयुष्मान पूर्वमा

पाँचथर– पाँचथरको पर्यटकीय क्षेत्र साधुटारमा शनिवार दिउँसो नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज देखिए। केहि समयपछि विवाह गर्ने तयारीमा रहेका यो जोडीलाई यहाँसम्म फिल्म ‘प्रेम दिवस’ले ल्याई पु-याएको हो। 

‘प्रेम दिवस’को छायांकनका लागि दुबै यहाँ आइपुगेका हुन्। पछिल्लो हप्ता सुटिङ युनिट पूर्वी पहाडको भ्रमणमा छ। ‘पर्यटनको लागि सिनेमा’ नारा बनाएर चलचित्रको छायांकनका लागि इलामका विभिन्न ठाउँ हुँदै पाँचथर आइपुगेको हो। पर्यटनसँग जोड्दै चलचित्र बनाउने उद्देश्यले यो टोली पूर्वमा छ। यो टोली मंसिर २० गतेसम्म पूर्वमा रहने छ। 

फिल्म ‘राधा’ र ‘बुक’को पूर्वमा छायांकन गरेर खुसी भएका निर्देशक योगराज घिमिरेले फेरि यतैको लोकेशन रोजेका छन्। नयाँ तथा चलेका गन्तव्यमा सुटिङको योजना रहेको छ। यहि क्रममा प्रेम दिवसको छायांकन धमाधम भइरहेको छ। प्रेम दिवस त्रिपक्षीय लभ स्टोरी भएको चलचित्र रहेको घिमिरेले बताए। ‘विदेशमा सुटिङ स्टुडियो बनाउनु पर्छ। तर नेपालमा प्रकृतिले नै यस्तो स्टुडियो दिएको छ। पर्यटन प्रवर्द्धन गर्दै ऐतिहासिक तथा पर्यटकीय क्षेत्रमा सुटिङ गरिरहेका छौं’, घिमिरेले नागरिकसँग भने, ‘स्थानीय मञ्जरी कला केन्द्रले हामीलाई यी क्षेत्रमा सहयोग गरेको छ। चलचित्र प्रेमकथामा आधारित भएपनि दृष्य पर्यटन प्रवर्द्धन गर्ने किसिमको हुने छ।’

चलचित्र रियल मोसन पिक्चर्स प्रालि एण्ड प्रोडक्सनले बनाइरहेको छ। प्रियंका, आयुष्मानसहित विशाल खरेल, बोके दाह्री, हेमन्त बुढाथोकी लगायतका कालाकार छन्। सञ्जय न्यौपानेले निर्माण गरेको चलचित्रमा कविराज गहतराजले कोरियोग्राफी गरिरहेका छन् भने क्यामेरामेन मानकृष्ण महर्जन रहेका छन्।

चलचित्रको इलामका र पाँचथरका विभिन्न ठाउँमा छायांकन भएको छ। सन्दकपुर, फालोट, टोड्के झरना, ढापपोखरी, हागेथाम गुम्बा, माबो, पानीटार, राँकेमा चलचित्र छायांकन भइसकेको छ। अब क्याम, फिक्कल, अन्तुमा चलचित्र छायाँकन गर्ने बताइएको छ। पर्यटकीय क्षेत्रहरु समेटेर चलचित्र बनाउने योजना साकार बन्दै गएको राँकेको मन्जरी कला केन्द्रका अध्यक्ष केवल तामाङले बताए। 

प्रकाशित: १७ कार्तिक २०७५ १५:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App