८ वैशाख २०८१ शनिबार
अन्य

१० हाइकु

सखारै घाम
सम्मोहक शरद
सुखद स्पर्श ।

..
खाडीमा दाइ
सुक्छकि सयपत्री
सुर्तामा बैनी ।
...

लिपेको घर
लालुपातेको फूल
लक्ष्मीको बास ।
...

औँसीको रात
आशाहरु झल्मल्ल
आँगनभरि ।
...

क्लेशको कालो
प्रज्वलित दिपक
उज्यालो घर ।
...

पटाका जल्यो
उत्सव उमँगको
चँचल मन ।
...

देउसी भैलो
नाङ्लोभरि आशिष
सुनको छाना ।
...

सुपारी फूल
भाइलाई आशिष
दैव दाहिना ।
..
प्रिय सङ्गति
सेलरोटीका स्वाद
मन भरिन्न ।
...
सगर छुन
अँधकार जलाई
आकाशदीप ।
...

प्रकाशित: १७ कार्तिक २०७५ ०५:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App