coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

१० मुक्तक

मेरो मनको घृणा काट्ने तिम्रो माया बधशाला हो,
प्रेमको कख सिकाउने तिम्रो मन, पाठशाला हो ।  
सुन्दर छ तिम्रो मति, सुन्दर छौ तिमी कति कति,
लाग्छ डुबेरै बसूँ त्यो मनभित्र, जुन मेरो मधुशाला हो ।
...
ईष्र्याको आँधी नचलाउ त्यसले खुशी बगाउन सक्छ,
डाहैडाहाको पोकोले पीडाको राक्षस जगाउन सक्छ ।
काँडालाई घृणा, फूललाई माया गर्छन् किन सबैले,
असल मति राख्यो भने मनको घृणा भगाउन सक्छ ।
...
चोर पस्नसक्छ घरमा बलिया छैनन् खापाहरू,
निराश छन् सर्बोच्च शिखर चढ्ने लाक्पाहरू ।
लखेटिन्छन् राम्राहरू, सतीले सरापेको यो देशमा।
अहिले पनि आत्महत्या गर्छन् भीमसेन थापाहरू ।

...
यसरी जल्छौ जल्नुको पनि सीमा हुन्छ,
सधैं चक्रब्युह रचेर चल्नुको पनि सिमा हुन्छ ।  
भो नगर यस्तो काम आफैलाई फाइदा नहुने,
किन छल्छौ मित्र बनेर छल्नुको पनि सीमा हुन्छ ।
...
खुशी बरु चाहिंदैन दुःख तिम्रो लिन्छु म त,
आफू आँसु पिएर नि सुख तिमीलाई दिन्छु म त ।
तिमीमै म समर्पित भै बाँचिरहेँ प्रिय आजसम्म,
सकिने भए तिम्रा लागि संसारकै खुशी किन्छु म त ।
...

अरूको प्रगति हुँदा इष्र्याको हुरी चलाउनेहरू,
आनन्द लिंदै विषको अन्न मुरी फलाउनेहरू ।
अवश्य ढल्नेछ एकदिन ती घण्टाकर्ण जस्तै,
अरूको स्वाभिमानमाथि छुरी चलाउनेहरू ।
...

नाइनाइ भन्दाभन्दै केही दिन्छु भन्यौ तिमीले,
तिम्रालागि सुख ऐश्वर्य किन्छु भन्यौ तिमीले ।  
दिन चाहीं केही दिएनौ मात्र लिने ध्याउन्न,
पित्तलको बदलामा सुन लिन्छु भन्यौ तिमीले ।
...
तिम्रा लागि हाँसीहाँसी काँडामा नि टेकिदिन्छु,
हुरी आए तिम्रो सामु पहाड बनी छेकिदिन्छु ।
भनेर हेर एकपटक मेरो नजिक आई तिमी,
जीवनभरको माया पनि तिमै्र नाममा लेखिदिन्छु ।
...
वचन जस्तै कर्म पनि मीठो भए जाती हुन्थ्यो,
भनेको वचन पुरा गर्दा तिम्रो छाती चौडा हुन्थ्यो ।
ठूलो कुरा बोल्नु मात्र होइन साथी आजकल ।
बोलेको पुरा ग¥या भए जीवन फूलपाति हुन्थ्यो ।
...
भो नउप्काऊ बसिसकेका घाउका खाटाहरू,
पर्खंदैछन् तिमीलाई नै खेतबारीका पाटाहरू ।
गल्ती हुन्छन् मान्छेबाटै सुधार्ने नि मान्छे नै हो,
फर्केर आऊ सम्झंदै बिर्सिएका ती बाटाहरू ।

प्रकाशित: १७ कार्तिक २०७५ ०५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App