८ वैशाख २०८१ शनिबार
अन्य

सुनको कथा

धर्तीले मलाई गर्भधारण गर्यो
माटोले मलाई जन्म दियो
त्यो खानिका चट्टान ( बालुवा ( गिर्खाहरुबाट मलाई छानियो
मान्छेले मेरो न्वारान गर्यो
‘सुन’ मेरो नाम राख्यो
कहिले “ अकबरी ” भन्यो
कहिले “ छापावाल ” भन्यो
कहिले “ नम्बरि ” भन्यो !
आगोले मलाई पोल्यो
सुनारका सयकडौं चोटले मलाई गाल्यो
कारखानाका मेसिनहरुमा म ढालिएँ
मान्छेले नै मेरो मूल्य तोक्यो !
यत्रतत्र जताजतै मेरो प्रयोग गर्योय
मलाई अनमोल बनायो
म धनको स्रोत, म राष्ट्रको सम्पत्ति
म मुद्राको जग ( म राष्ट्र बैंक , म स्विस्स बैंक !

प्राचिन काल देखि
देवी धौताका पाला देखि
मेरो शान उचालियो
राजा, रजौटा , सम्राट अनि बाद्शाहले
मलाई आफ्नो सिरमा राखे
श्रीपेच , मुकुट अनि ताज बनाएर !
थुप्रै उपमाहरुमा मेरै नाम लिए (
“ सुनको लंका ” ,
“ सुनौलो दिन ” ,
“ सुनौलो मुहार ” आदि आदि
“ मोति(सुबर्ण संवाद ” लेखियो
“ सुनको विहानी ” लेखियो
समय र युगलाई समेत मेरै नामले स्रिर्ङा गरे
“ स्वर्णिम युग ” भनियो
उखानलाई पनि मेरै नामले सजाए (
“ सुनमा सुगंध ” भने ,
“ अकबरी सुनलाई कसी लाउनु पर्दैन ” भने
दन्त्यकथा, कहानीमा मेरै जिक्री भयो ( “ सुन केसरी रानीको कथा ” ,
“ सुन महल ” आदि आदि !
सुन्दरी, विश्वसुन्दरी, ठूला ठूला नाइका, मोडेल
रानी ( पटरानी !
सबैलाई म चाहियो ( मलाई गहना बनाएर सजाए
अनि एक आम नारी ( पुरुषलाई पनि म नै चाहियो
म बेहुलीको सिन्दुरको शोभा ( विन्दिया
चुरा पोतेको साथी ( म नौगेडी , बाला , तिलहरी
म स्वयम्वरको साथी ( बेहुला बेहुलीको सिक्री , औंठी !
कहिं बाँकी राखेनन् मलाई
गन्धे मुख भित्र सुनको दाँत टल्काए !
मन्दिर , मठ पवित्र स्थलमा
मलाईनै सजाए
म गजुर , टुँडाल
म भगवानको मुर्ती
सुनै सुनको थुप्रोले बनेको
म ‘ स्वर्ण मन्दिर ’ !
म बहुमूल्य घडी
अनि
महंगा बैज्ञानीक उपकरणको पाटपुर्जा
म बिद्युतको उच्चकोटीको संचालक
म त सिरको शोभा
मेरो स्थान सधैं उच्च
म देवी धौतालाई चढाइने पवित्र सुन
म त्यो पवित्र सुनपानी !
मान्छेले मलाई खोज्यो
मान्छेले नै मलाई अनमोल बनायो
मेरो महत्व बढायो
आज
मान्छे नै मेरो लुछाचुँडी गर्छं
मलाई हाँसिल गर्न ( धनी हुन
जे पनि गर्छ मान्छे
हरेक दिन जस्तो अखबारका पानाहरुमा
रेडियो ( टेलिभिजनमा
अनि सामाजिक संजालमा
सुन तस्करीको खबर आउँछ
म त एक पवित्र सुन
तर
मलाई हाँसिल गर्न
कहिले मलद्वारमा
कहिले गुप्तांगमा
कहिले टोइलेटमा
लुकाएर
भंसार पार गर्छन् !
भरिया होस्
पिउन होस्
हाकिम होस्
प्रहरी होस्
या ठूलो नेता होस्
सबै
मेरो तस्करी गर्छन्
भागबंडामा कुरा नमिले
मतियारको हत्या सम्म गर्छन्
मलाई पाउन
आतंक सम्म फैलाउँछन
र इन्साफ गर्न बसेको अदालत
ढाकछोप गर्न खोज्छ
ती तस्करहरुलाई
ती तस्करहरुका टाउकेहरुलाई
लाउकेहरुलाई सम्रछण गर्छ!

प्रकाशित: १७ कार्तिक २०७५ ०५:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App