coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

गाईपूजाको मनोविज्ञान

हिन्दूहरूको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन गाईको पूजा गरेर गाईतिहार मनाउने चलन छ । मानव जीवनका लागि गाईको ठूलो महत्व भएका कारण नै वैदिक ऋषिमुनिहरूले (वैज्ञानिक) यस पर्व आविष्कार गरेका हुन्।

गाई गौमाता
गाई सृष्टिको अद्भूत प्राणी हो। यस पृथ्वीमा मानिसका लागि यति उपयोगी प्राणी अर्को छैन। वास्तवमा गाई प्राणी होइन, संसारको प्राण हो, गाई जनावर होइन, मानिसको जान हो । गाई हिन्दूहरूका लागि आमा जस्तै हुन् । त्यसैले गाईलाई गौमाता भन्ने गरिन्छ । लक्ष्मी पनि भन्ने गरिन्छ । कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नु अघि गाईको गोबरले घर–आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर, कोठा, चोटा पवित्र तुल्याउने तथा पंचामृत र पंचगव्यको प्रयोग गर्ने हिन्दूहरूको संस्कार छ । गाईलाई पशुधनका रूपमा पनि लिइन्छ।

शास्त्रमा भनिएको  छ– जसमा माला र जुरो हुन्छ त्यो नै गाई हो । स्थानीय गाई–गोरुमा जुरो हुन्छ । स्थानीय गाई–गोरु प्राकृतिक हुन् भने जर्सी गाई–गोरु कृत्रिम हुन् । स्थानीय गाई–गोरुमा हुने जुरोले सूर्य र चन्द्रमाबाट आउने किरणलाई तान्ने (अवशोषण) गर्ने काम गर्छ । यो जुरोलाई सूर्यकेतु नाडी भनिन्छ । सूर्यकेतु नाडीले सूर्य र चन्द्रमाबाट लिएको किरण शक्तिका रूपमा गाईको दूध, गहुत र गोबरमा प्रकट हुन्छ । यसरी प्रकट भएका शक्ति र ऊर्जाले नै मानिसलाई विभिन्न भिटामिनयुक्त तत्व प्रदान गर्ने भएकाले गाईको दूध, दही, घ्यू, गहुँत र गोबर पवित्र मानिएको स्थानीय गाईको अध्ययन अनुसन्धानमा लागेका वैज्ञानिकहरूको दाबी छ।

कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नु अघि गाईको गोबरले घर–आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर, कोठा, चोटा पवित्र तुल्याउने तथा पंचामृत र पंचगव्यको प्रयोग गर्ने हिन्दूहरूको संस्कार छ । गाईलाई पशुधनका रूपमा पनि लिइन्छ।

शास्त्रहरूका अनुसार परापूर्वकालमा जंगलमा आश्रम बनाएर बस्ने ऋषिमुनिहरूदेखि श्रीकृष्णले समेत गाईको सेवा गर्थे । ऋषिमुनिले किन गाईको पूजा गरेर गाईको गहुँत, गोबर र दूधलाई पवित्र मानेका रहेछन् भन्ने कुरा अहिले वैज्ञानिक अनुसन्धानबाट प्रमाणित हुन थालेको छ।

गाईको दुध जति पोशिलो हुन्छ, त्यति नै गाईको पिसाब र गोबर गुनिलो र औषधीय गुणहरूले भरिएको हुन्छ । वास्तवमा गाई एक औषधालय हो । हिन्दूहरूको जीवनमा गोरुको पनि कम महत्व छैन । मानवीय जीवनमा गाई–गोरुको यही महत्वलाई हृदयंगम गर्दै गाई–गोरुको संरक्षण तथा समृद्धिका लागि गाईपूजा तथा गोवद्र्धनपुजा गर्ने चलन चलेको हो।

गाईको दूध
गाईलाई विशेषत दूधका लागि पाल्ने गरिन्छ । दुध दैनिक जीवनमा प्रयोग हुने एक पौष्टिक पदार्थ हो । गाईको दुधलाई एक सम्पूर्ण आहार मानिन्छ । गाईको दुधले मानिसको स्वास्थ्यमा पनि निकै फाइदा पु-याउँछ । दैनिकरूपमा एक गिलास स्थानीय गाईको दुध पिउनाले शरीरलाई मात्र होइन, मस्तिष्कलाई समेत निकै फाइदा गर्छ । स्थानीय गाईको दुधमा ओमेगा थ्री नामक तत्व पाइन्छ, जसले मस्तिष्क शक्ति तथा स्मरणशक्ति बढाउने काम गर्छ । वैज्ञानिकहरूको अनुसार गाईको दुधमा लगभग आठ प्रकारका प्रोटिन, ६ प्रकारका भिटामिन,  २१ प्रकारका एमिनो एसिड, ११ प्रकारमा फयाट्टी एसिड, २५ प्रकारका मिनरल तत्व, १६ प्रकारका नाइट्रोजन, ४ प्रकारका फास्फोरस, यसका अतिरिक्त मुख्य मिनरल जस्तै कपर, आयरन, क्याल्सियम, आयोडिन, फलोरिन, सिलिकन आदि पनि पाइन्छ । त्यसैगरी गाईको दूधमा पाइने सेरिब्रोसाइड नामक तत्वले कुनै पनि खालका क्यान्सर हुन दिँदैन । गाईको दूध त्यति नै शक्तिवद्र्धक हुन्छ । आमाको दूधपछिको अर्को पोशिलो दूध भनेको गाईको दूध हो । त्यसैले गाईको दूधलाई अमृत भनिन्छ।

गाइको घिउ, दही र मही
गाईको घ्यूू पनि उत्तिकै पोशिलो, शक्तिवद्र्धक र औषधीय गुणले युक्त छ । गाईको घ्यूूले बढेको कोलेस्ट्रोल ठीक गराउनुका साथै मुटुरोगमा समेत लाभदायक रहेको तथ्य प्रमाणित भएको छ । गाईको घ्यूूले हवन गर्दा प्रोपिलिन अक्साइड, इथिलिन अक्साइड, फारमेलडी हाइड ग्यास निस्किन्छ। प्रोपिलिन अक्साइडले वर्षा गर्न सहयोग पु-याउँछ भने इथिलिन अक्साइड र फारमेलडी ग्यासले पर्यावरणमा नकारात्मक असर पु-याउने जीवाणुलाई मारी शुद्धीकरण गर्छ । घ्यूू जस्तै दही र मही पनि पोषणको खजाना हो । सन् २०१२ मा अमेरिकन हर्ट एसोसिएसनले स्थानीय गाईको दही सेवन गर्नाले उच्च रक्तचापका रोगीहरूमा ३१ प्रतिशतले कमी आएको आफ्नो शोधपत्रमा उल्लेख गरेको छ।

गौमूत्र
गाईको पिसाबलाई गौमूत्र अथवा गहुँत भनिन्छ । गाईको गहुँत पवित्र मानिन्छ । गोमुत्रले अपवित्रता नास गर्छ भन्ने हिन्दू मान्यता छ । हिन्दू धर्ममा कुनै पनि धार्मिक कार्यक्रम गर्दा गोमुत्र छर्केर पवित्र गराउने प्रचलन छ । विज्ञानले समेत गहुँतको सेवनले मानिसका विभिन्न रोगहरू निको हुने भएकाले गहुँतलाई औषधि नै मानेको छ । भारतका शोधकर्ताहरूले गौमूत्रमा तीन सय ८८ प्रकारका औषधीय तत्व समेत फेला पारेका छन् । यी औषधिय तत्वमा मानिसको शरीरमा लाग्ने विभिन्न खाले रोगहरू निको पार्ने दाबी शोधकर्ताको छ । अमेरिका र युरोपेली देशमा स्थानीय गाईमाथि भएको वैज्ञानिक अनुसन्धानले क्यान्सर, क्षयरोग र मलेरिया रोग गोमुत्रबाट निको भएको प्रमाणित गरेको हो।

गोमुत्रमा कक्र्युमिन नामक तत्व पाइन्छ, जुन एन्टीक्यान्सर ड्रग हो भन्ने तथ्य वैज्ञानिरूपमा प्रमाणित भएको छ । यसले क्यान्सर रोग लाग्नबाट समेत बचाउँछ । गौमूत्रमा अन्य २४ वटा तत्व पाइने र यसले मानव शरीरका सम्पूर्ण आवश्यकतालाई पूर्ति गरी निरोगी बन्नका लागि सहयोग पु-याउँछ । गाईको गहुँतबाट १४८ प्रकारका रोग ठीक हुने वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको छ।

गाईको गहुँतमा अमेरिकाले शोध अनुसन्धान गरी गोमूत्रबाट बन्ने ५ प्रकारका औषधीहरूको पेटेन्ट राइट लिएको छ भने भारतले पनि गाईको गोमूत्र र गोबरमा अनुसन्धान गरी ४८ औषधीहरूको पेटेन्ट राइट लिएको छ । अहिले बाबा रामदेवको ‘गोधन अर्क’ले ठूलो बजार लिएको छ । गोधन अर्क सेवन गर्नेहरू संख्या नेपालमा पनि धेरै छन्, यसबाट उनीहरूलाई फाइदा पनि भएको छ।

गाईको गोबर
मानवीय जीवनमा गाईको गोबर पनि त्यति नै उपयोगी छ । इटालीका वैज्ञानिक जिई विंगेडले गाईको गोबरमाथि अनुसन्धान गरी क्षयरोग र मलेरियाका कीटाणुलाई समेत मार्ने अद्भूत क्षमता हुन्छ भन्ने प्रमाणित गरेका छन् । यस अनुसन्धानबाट हिन्दूहरूले परापूर्वकालदेखि किन गोबरले घर लिप्ने कार्य गर्थे भन्ने कुरा प्रष्ट भएको छ । गाईको गोबर खेतका लागि पनि अमृत मानिएको छ । गाईको गोबर प्रयोग गरेको अन्न निकै पौष्टिक तथा स्वस्थकर हुने गर्छ।

पंचामृत र पंचगव्य
हिन्दू धर्ममा पंचामृत र पंचगव्यको ठूलो महत्व छ । पंचामृत र पंचगव्यलाई हिन्दूहरूले हरेक मांगलिक कार्यहरूमा उपयोग गर्छन् । दूध, घिउ, दही, मह र चिनी वा उखुको रसको मिश्रणलाई पंचामृत भनिन्छ भने दूध, घ्यू, दही, गोमुत्र र गोबरको मिश्रणलाई पंचगव्य भनिन्छ । रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने अनुसन्धानबाट प्रमाणित गरेका छन्।

(लेखक मनोविद् हुन् ।)

प्रकाशित: १७ कार्तिक २०७५ ०३:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App