८ वैशाख २०८१ शनिबार
राजनीति

तराई– मधेसका जिल्लाहरु समृद्ध हुनुपर्छ : नेपाल

फाइल तस्बिर

बारा - नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले देशको समृद्धिका लागि तराई– मधेशका जिल्लाहरु समृद्ध हुनुपर्ने बताएका छन्।

नेकपा बारा क्षेत्र नम्बर ४ द्वारा शुक्रवार सीमावर्ती विश्रामपुर गाउँपालिका वडा नम्बर ५ को इटियाही बजारमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले तराई –मधेसको जिल्लाहरु समृद्ध नभएसम्म  यस क्षेत्रका जनताले विकासको अनुभुति गर्न नसक्ने भएकोले यसको लागि सरकारले बिशेष ध्यान दिन जरुरी रहेको बताए।

‘देशमा दिर्घकालिन रुपमा शान्तिको स्थापना गर्न र राजनितिक अस्थितरताको अन्त्य गर्न समृद्ध तराई– मधेस हुनै पर्छ,’ नेता नेपालले भने, ‘समृद्ध तराई मधेसको लागि यस क्षेत्रमा निर्माण हुने ठुला योजनाहरुलाई समयमै निर्माण गर्न जरुरी छ।’ हुलाकी सडक, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र  काठमाडाैं तराई जोड्ने फास्ट ट्रयाक समृद्ध तराई – मधेसको लागि अपरिहार्य रहेकोले यी योजनाहरुलाई छिटो भन्दा छिटो निर्माण सम्पन्न गर्नुपर्ने नेता नेपालले सुझाव दिए। सामाजिक न्याय र समान्ताका लागि वर्तमान कम्युनिष्ट पार्टीको सरकार अगाडी बढेको र यसले समाजमा परिर्वतन ल्याउने नेपालले दाबी गरे।

 

प्रकाशित: १६ कार्तिक २०७५ १४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App