७ वैशाख २०८१ शुक्रबार
समाज

बराहकोट विद्यालयलाई २ लाख सहयोग

बागलु्ङ– गत असार ११ मा गएको बाढी पहिरोले क्षतिग्रस्त बागलुङको बरेङ्ग गाउँपालिका २ स्थित ‘श्री बराहकोट प्राथमिक विद्यालय’ काफलठुटा हुग्दीशिरलाई ‘द ह्वाइट् जोन’द्वारा आर्थिक सहयोग प्रदान गरिएको छ। शुक्रवार आयोजित समारोहमा ‘द ह्वाइट् जोन’ का पदाधिकारीले विद्यालयलाई २ लाख रुपैयाँकाे चेक हस्तान्तरण गरेका हुन्। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर वर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा द ह्वाइट जोनका संस्थापक सभापति राजेश थापाको प्रमुख आतिथ्यता तथा द ह्वाइटजोन नेपालका सभापति पदम कुमार गिरी, वरेङ्ग सेवा समाजका सल्लाहकार गोपाल गिरी, वरेड गाउँपालिकाका विद्यालय श्रोत व्यक्ति यज्ञ न्यौपाने, वरेङ्ग गाउँपालिका २ का वडा अध्यक्ष गुप्त बहादुर काला विशिष्ट अतिथि रहेका थिए।

कार्यक्रममा द ह्वाइट जोनका कोषाध्यक्ष सजक योन्जन, जुनु कार्की, निमा लामा लगायत विद्यार्थी, प्राध्यापक, समाजसेवी, आमा समूह, जनप्रतिनिधिको उपस्थिति रहेको थियो।

प्रकाशित: १६ कार्तिक २०७५ १३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App