७ वैशाख २०८१ शुक्रबार
खेल

महिला फुटबल टोली सम्मानित

काठमाडाैं - भुटानको थिम्पुमा भएको साफ यु – १८ च्याम्पियनसिपमा उपविजेता बनेकाे नेपाली महिला फुटबल टोलीलाई शुक्रबार एक कार्यक्रमबीच एन्फाले नगद सहित सम्मान गरेको छ।

प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले खेलाडीहरुलाई एन्फाद्वारा प्रदान गरिएको जनही नगद ५० हजार प्रदान गरे। खेलाडीहरुलाई पुरस्कार प्रदान गर्दै सदस्य सचिव बिष्टले नेपाली चेलीहरुले राष्ट्रको नाम उच्च राख्न जुन कार्य गरेका छन् त्यो अविस्मरणीय भएको भन्दै खेलाडीहरुले यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले राष्ट्रको आधिकारीक झण्डा बोक्ने अधिकार खेलाडीलाई मात्र भएको भन्दै एन्फाबाट प्रतिवेदन प्राप्त भए पश्चात राष्ट्रको तर्फबाट पनि सम्मानको लागि पहल गर्ने बताए। बिष्टले खेलकुद विकासका लागि राष्ट्रिय खेलकुद परिषद सधै लागिपर्ने बताए।

सेप्टेम्बर २८ देखि अक्टोबर ७ सम्म भएको साफ यु – १८ च्याम्पियनसिपमा नेपाली महिला टोलीले पाक्सितानलाई १३-० गोलले पराजित गरेको थियो। यस्तै बंगलादेशसँग २–१ गोलले पराजित भएता पनि सेमिफाईनल प्रवेश गरेको नेपालले भारतलाई १–१ गोलको बराबरी पश्चात टाईब्रेकरमा पराजित गर्दै फाईनल यात्रा तय गरेको थियो। यस्तै फाईनलमा पुन: नेपाल बंगलादेशसंग १ – ० गोलले पराजित हुँदै उपविजेता भएको थियो। सोही महिला फुटबल टोली थाईल्याण्डमा भएको एएफसी यु –१९ को पहिलो चरणको छनोट पार गर्दै ईतिहास रच्न सफल भएको थियो।

प्रकाशित: १६ कार्तिक २०७५ १३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App