coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नयाँ पर्यटकीय गन्तव्यमा डोल्पाका तीन सम्पदा

डोल्पा - सरकारले देशभरका पर्यटकीय गन्तव्यको सुची सार्वजानिक गरेको छ। उक्त सुचीमा डोल्पाको शे–फोक्सुन्डो निकुञ्ज, त्रिपुरा सुन्दरी मन्दिर, रारा–फोक्सुन्डो मार्ग नयाँ गन्तव्यको रुपमा छनोटमा परेका छन्।

संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले प्राकृतिक, पुरातात्विक,ऐतिहासिक तथा धार्मिक महत्वका आधारमा देशभरबाट नयाँ एक सय पर्यटकीय गन्तव्यकाे छनोट गरेको थियो। नेपालकै ठुलो निकुञ्जको रुपमा रहेको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज प्राकृतिक, धार्मिक, साँस्कृतिक, ऐतिहाँसिक तथा जैविक बिविधताले भरिपूर्ण सुन्दर गन्तव्यको रुपमा परिचित छ। देशकै गहिरो शे–फोक्सुन्डो ताल, सुलिगाड झरना लगाएतका चर्चित प्राकृतिक सम्पदाहरु समेत यसै निकुञ्ज भित्र पर्दछन्।

अर्को गन्तव्यको रुपमा सुचिकृत त्रिपुरा सुन्दरी मन्दिर ईस १११४ सालमा उत्पति भएको ईतिहासमा उल्लेख छ। मन्दिर जन्माउने मन्दिरको रुपमा परिचित नेपालकै प्रशिद्ध शक्तिपिठ मध्ये भित्र पर्ने यस मन्दिर पछिल्लो समयमा धार्मिक पर्यटनको प्रमुख गन्तव्य बन्न सफल भएको छ। शे–गुम्बा संसारकै अग्लो मानवबस्ती, जगदुल्ला ताल, सुनदह, राजारानी क्षेत्र लगाएतका दजर्नौ चर्चित पर्यटकिय सम्पदाहरु डोल्पामा पर्दछन्। सरकारले स्थापित तथा प्रवर्द्धन गर्नुपर्ने र नयाँ विकास गर्न आवश्यक भएको भन्दै देशभरबाट दुईसय नयाँ र पुराना गन्तव्य पहिचान गरिएकोमा नयाँ गन्तव्यमात्रै एकसय रहेका छन्।

प्रकाशित: १६ कार्तिक २०७५ १२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App