coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई कारबाहीको तयारी

काठमाडौ–युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका ऋणीलाई कानूनी कारवाही थाल्ने चेतावनी दिएको छ।

कोषले आज पत्रकार सम्मेलन गरी भाखा नाघेको कर्जा नतिर्नेलाई अचल सम्पत्ति रोक्का गर्ने, सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने, कालोसूचीमा राख्ने र पासपोर्ट रोक्का गर्नेलगायत कानूनी कारवाही गर्ने तयारी गरेको जनाएको छ।

आर्थिकरूपले पिछडिएका विपन्न वर्ग, महिला, दलित, आदिवासी, जनजाति, अपाङ्गता, घाइते तथा शहीद परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन तालीम र कर्जाको पहुँचमा विशेष प्राथमिकता दिई स्वरोजगार हुने अवसर प्रदान गर्ने उदेश्यले कोषले लगानी गरेको थियो।

कोषका कार्यकारी निर्देशक डा विष्णुप्रसाद गौतमका अनुसार कोषको भाखा नाघेको कर्जा २७ करोड ५ लाख ६४ हजार रुपैयाँ छ। ती ऋणीलाई कानूनी गर्ने प्रक्रिया अगाडि बढाएको उनले जानकारी गराए।

कोषले व्यावसायिक खेती, कृषिजन्य उद्योग वा सेवामूलक कार्यक्रममा उद्यमशीलता विकास गरी स्वरोजगार बन्न ऋण दिने व्यवस्था छ।  व्यक्तिलाई दुई लाखसम्म र समूहमा बढी २५ जनाको समूहलाई अधिकतम ५० लाख रुपैयाँसम्म आवधिक ऋण दिने व्यवस्था छ। तर कतिपय ऋणिले अवधिपुरा हुँदा पनि ऋण भुक्तान गर्न अटेरी गरिरहेको भन्दै कारावाही प्रक्रिया थालिएको उनले बताए। बैंक, वित्तीय संस्था र सहकारी संस्थामार्फत ऋण प्रदान गर्ने गरिएको छ।

कोषले हालसम्म ३ अर्ब ५९ करोड ३१ लाख रुपैयाँ लगानी गरेको छ ।१८ देखि ५० वर्षका बेरोजगार युवालाई लक्षित गर्दै सरकारले २०६५ सालमा सो कोष स्थापना गरेको थियो।

 

 

 

 

 

 

प्रकाशित: १६ कार्तिक २०७५ ११:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App