coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भूकम्प पीडित माथि अन्याय नगर्न माग

भक्तपुर - नेपाल सरकारले भूकम्प पीडितलाई दिने राहत पौष महिनाभित्र लिनुपर्ने अन्यथा पहिलो किस्ता बापत प्राप्त ५० हजार रुपैयाँ पनि फिर्ता लिने सरकारी सूचनाप्रति किसानहरुले विरोध जनाएका छन्।

नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिले यस विषयमा सरकारको ध्यानाकर्षण गराएको छ। संघका भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। सक्नेले घर बनाए पनि अधिकांश गरिवले घर बनाउन नसकेको हुँदा सरकारले थप सहजिकरण गर्नुपर्नेमा अन्याय गर्न खोजेको अध्यक्ष दुवालले बताए।

भक्तपुरका भूकम्प पीडितहरुमा साँघुरो ठाउँ भई दाजुभाइबीच सम्पतिका विषयमा मुद्दा मामिला भई नछुटिएका, बेच्न मिल्ने जग्गा जमिन नभएका, गुठी जग्गा, मोहियानीको जग्गा मात्र भएका, मोही बाँडफाँट हुन नसकेका, दर्ता बाँकी, नापी बाँकी भई लालपूर्जा नपाएका पीडितले हालसम्म घर पुनः निर्माण गर्न नसकेको हुँदा एकमुष्ट अनुदान दिई घर बनाउन सहयोग गर्नुपर्नेमा उनले जोड दिए। मध्यपुरमा पुनः नापी भएर लालपूर्जा नपाएका धेरै भूकम्प पीडितहरुले घर बनाउन नपाएको हुँदा अझै टहरामै रहेकाले सरकारको त्यस्तो निर्णय पीडितको हितमा नभएको वुझाइएको ज्ञापनपत्रका उल्लेख छ ।

 

प्रकाशित: १६ कार्तिक २०७५ ११:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App