श्रीलंकामा राजनीतिक संकट

राष्ट्रपतिको आग्रहलाई अस्वीकार गर्दै सभामुखले बोलाए संसद बैठक

शुक्रबार, १६ कार्तिक २०७५, १६ : २७ एजेन्सी

कोलम्बो- श्रीलङ्काका सभामुख कारु जयासूर्यले संसद्को बैठक ७ नोभेम्बरका लागि आह्वान गरेका छन्। उनले शुक्रबार सांसदहरुसँग बैठक गर्दै आगामी ७ नोभेम्बरमा संसद्को बैठक बोलाउने निर्णय गरेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

राष्ट्रपति सिरिसेनाले संसदको बैठक नबोलाउन सभामुखलाई अाग्रह गरेका थिए। सभामुखले उनको आग्रह अस्वीकार गर्दै संसद्को बैठक बाेलाउने तयारी गरेका हुन्।

रनिल विक्रमासिंघेलाई अपदस्थ गरी पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेलगत्तै राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नोभेम्बर १६ सम्मका लागि संसद् निलम्बन गरेका थिए। तर, सभामुख जयासूर्यले संसद बैठक चलाउने चेतावनी दिएपछि राष्ट्रपति सिरिसेनाले बिहीवार संसदकाे निलम्बन फुकुवा गरेका थिए। निलम्बन फुकुवा गरेपछि शुक्रवार सांसदहरूसँग परामर्श गरी सभामुख जयासूर्यले नाेभेम्बर ७ तारिखमा बैठक अाह्वान गरेका हुन्। 

प्रधानमन्त्रीमा राजपाक्षे नियुक्तिसँगै श्रीलङ्कामा राजनीतिक सङ्कट गहिरिएको थियो। विक्रमासिंघेले आफू नै प्रधानमन्त्री भएको र आफूले संसदबाट विश्वासको मत लिने बताएपछि राष्ट्रपति सिरिसेनाले संसद् नै निलम्बन गरिदिएका थिए। 

संसद्मा प्रतिनिधित्व गर्ने ११८ जना सदस्यसँग शुक्रबार सभामुख जयासूर्यले बैठक गरेकाे सभामुखका एक जना प्रवक्ताले जानकारी दिएका छन्। श्रीलङ्काको संसदमा २२५ सदस्य छन्। प्रवक्ताले भने, “बहुमत सदस्यहरु (११८) जनासँग सभामुखले शुक्रबार बैठक गर्नुभएको छ र बहुमत सदस्यहरुले संसदको बैठक बोलाउन आग्रह गर्नुभएको छ, त्यसैले सभामुखले संसद् बैठक बोलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो।” 

“यति धेरै संसद् सदस्यले आग्रह गरेपछि उहाँहरुको आग्रहलाई सभामुखले नकार्न मिल्दैन, त्यसैले नोभेम्बर ७ मा संसद् बैठक बोलाउने तयारी गर्नुभएको छ”, प्रवक्ताले भने। तर राष्ट्रपति सिरिसेनाले भने संसदको बैठक नबोलाउन सभामुखलाई अाग्रह गरेका थिए। सभामुखले उनको आग्रह अस्वीकार गर्दै संसद्को बैठक बाेलाउने तयारी गरेका हुन्।






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

फेसबुकको नयाँ डिजाइनको तस्विरहरू ...

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणा सहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । ...

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

‘एभरेस्ट ह्याक’ नाम दिइएको प्रविधि केन्द्रित ह्याकिङ एक्स्पो सर्वसाधारणलाई अवलोकनका लागि सार्वजनिक गरिएको छ। ...

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/०७६ मा प्रथम बिमा शुल्क एक अर्ब रुपैयाँ नाघेको छ । ...

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

होक्काइदो नेपाल बिजनेस ग्रुप प्रालिले काठमाडौंमा जापानी खानाको परिकार पस्किने ‘होक्काइदो रामेन रेस्टुरेन्ट’ सुरु गरेको छ। ...

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

नेपालको धेरै जसो स्थानमा अझै पनि कच्चि सडक यथावत छ जसमा कालोपत्रे गरिएको छैन| ...

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

यस फिचर हालका लागि ७ वटा देशमा लागू गरिएको छ ! ...

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

Ncell Footer Ad