coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीको स्वास्थ्य बुझ्न दाहाल अस्पतालमा

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल  प्रधानमन्त्री केपी ओलीको स्वास्थस्थितिबारे जानकारी लिन त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

आजै डिस्चार्जको तयारीमा रहेका ओलीलाई भेट्न अस्पताल पुगेका दाहाल र  प्रधानमन्त्री ओलीबीच स्वास्थ्य अवस्थालगायत विभिन्न राजनीतिक विषयमा पनि छलफल भएको जनाइएको छ। 

ओली गत सोमबार त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका थिए।

प्रधानमन्त्री ओलीलाई भेट्न नेकपाका महासचिव विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायत अस्पताल पुगेका थिए । 
 

 

प्रकाशित: १६ कार्तिक २०७५ १०:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App