coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जुम्ला विमानस्थल : अपरिपक्व निर्णयले यात्रुलाई सास्ती

जुम्ला - जुम्ला विमानस्थल सुरक्षा समितिको सिफारीसमा नेपाल नागरिक उड्ययन प्राधिकरण केन्द्रिय कार्यालयले गरेको अपरिपक्व निर्णयका कारण जुम्लाका हवाई यात्रुले सास्ती भोग्नु परेको छ। जुम्ला विमानस्थल स्तराेन्नती गर्नुपर्ने भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले कार्तिक ८ गते देखि विमानस्थल बन्द गर्ने निर्णय गरेको थियो। तर संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रबिन्द्र अधिकारी आफैले निर्णयको अवज्ञा गरेर जुम्ला विमानस्थलमा जहाज ल्याएपछि जुम्लावासी आक्रोशित बनेका छन्।

आफु सत्तामा रहेको सरकारी संयन्त्रले गरेको निर्णय आफै उल्लंघन गरेर स्तराेन्नतीको कार्यलाई प्रभावित बनाउनु दुखद भएको उद्योग वाणिज्य संघ जुम्लाका वरिष्ठ उपाध्यक्ष पुरीचन्द्र देवकोटाले बताए। उनले भने,'सकभर दसैं, तिहार सम्मको अवधीभर हवाई उडान बन्द हुनु हुन्थेन, तैपनि बन्द भईसकेको  विमानस्थल बीचमै खुुलाउने काम नगर्नु पर्थ्याे।' छिनमा बन्द गर्ने र छिनमा खुल्ने गरिएकोले यात्रुले सास्ती पाईरहेको र स्तराेन्नती कार्य समेत प्रभावित भइरहेकाे छ। जुम्ला विमानस्थल कार्यालयले यसअघि बन्द गर्ने निर्णय गरिएकाे विमानस्थल पुन: कार्तिक १९ गते सम्म सञ्चालन गर्ने निर्णय गरेकाे छ।

युवा नेता लक्ष्मण शाहीले विमानस्थल स्तराेन्नती कार्य छिनमा रोकिने छिनमा चल्ने नभई एकै रफ्तारमा अघि बढ्नु पर्ने बताए। उनले भने, 'पाँच दिनका लागि जहाज चलाउने भएको पछिल्लो निर्णय पर्यटन मन्त्रीले गरेको गल्तीलाई ढाकछोप गर्न गरिएको प्रपन्च हो।'

नागरिक समाज जुम्लाका अध्यक्ष राजवहादुर महत विमानस्थलको स्तराेन्नती कार्य रोकेर जहाज चलाउन थाल्नु राम्रो नभएको बताउँछन। उनले भने, 'नियम कानुन सवैका लागि वरावर हुन, तर सर्वसाधारणलाई सास्ती, उच्च ओहोदाका लागि मस्ती गर्ने परिपाटी  भईरहेकोले स्तराेन्नती कार्य प्रभावित भईरहेको छ।' उनले सिफारीस गर्ने सुरक्षा समिति र बन्द गर्ने निर्णय गर्ने नागरिक उड्ययन कार्यालयलाई दसैं तिहारको बारेमा जानकारी नभए जस्तो भान हुँदा टिठ लागेर आएको प्रतिक्रिया दिए।

जुम्ला विमानस्थलका प्रमुख कैलास शर्मा विग्रिएको तारा एयरको जहाज लैजानु पर्ने भएकोले प्राविधिक र ईन्जिन ल्याउनको लागि विमानस्थल पाँच दिनको लागि खुला गरिएको बताउँछन। उनले विहान बेलुकाको समयमा स्तराेन्नतीकाे कार्य भईरहकाे बताए।

 

 

प्रकाशित: १६ कार्तिक २०७५ ०८:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App