काठमाडौं – एनसेलले सञ्चालन गरिरहेको ‘रिचार्ज एन्ड विन’अफर अन्तर्गत बिहीबार आठौं हप्ताका विजेतालाई नगद पुरस्कार वितरण गरेको छ।
प्रत्येक हप्ता १० भाग्यशाली ग्राहकले जनही एक लाख जित्ने ‘रिचार्ज एन्ड विन’ १० हप्तासम्म सञ्चालनमा रहने अफर हो। भदौ १७ गते सुरु यस अफर अन्तर्गत आठौं हप्ताका विजेताको नाम लक्की ड्रबाट घोषणा गरिएको हो।
एनसेलका सेक्युरिटी तथा जेनेरल सर्भिसेज् निर्देशक महेन्द्रकुमार भट्टचनले आठौं हप्ताका तिलक कुमाल (गुल्मी), महेशप्रसाद भट्ट (कञ्चनपुर), दिवश लामिछाने (रौतहट) र जितमान बराली (गोर्खा) लाई जनही एक लाख नगद पुरस्कार वितरण गरेको कम्पनीले जनाएको छ।
प्रकाशित: १६ कार्तिक २०७५ ०५:३६ शुक्रबार