coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ। अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठद्वारा शुक्रबार बिहान जारी विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख छ।

प्रधानमन्त्रीको डिस्चार्जबारे भने अस्पतालले केही बताएको छैन। उता प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले आज अपरान्हसम्म प्रधानमन्त्री डिस्चार्ज हुने बताएका छन्।

अर्यालले प्रधानमन्त्रीको स्वास्थ पूर्णरुपमा सुधार उन्मुख रहेकाले उनलाई आजै डिस्चार्ज गरिने बताए। अस्पतालले डिस्चार्ज गर्ने निर्णय नगरे पनि स्वास्थ्य अवस्थामा कुनै गडबडी नआएमा डिस्चार्जको तयारी भइरहेको उनले जानकारी दिए।

छातीमा संक्रमण र रगतमा चिनीको मात्रा असन्तुलन भएपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहानबाट त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। हाल उनको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा राखेर उपचार भइरहेको छ।

दसैंलगत्तै बिरामी परेका प्रधानमन्त्री ओलीलाई आइतबार राति श्वासप्रश्वासमा समस्या भएपछि निजी चिकित्सकको सल्लाहअनुसार सोमबार बिहानै अस्पतालमा भर्ना गरिएको थियो।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App