८ वैशाख २०८१ शनिबार
खेल

पोखराद्वारा धनगढीसामू १४५ रनको लक्ष्य प्रस्तुत, कमलले लिए ४ विकेट

काठमाडौं – पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा खेलमा पोखरा पल्टनले धनगढी ब्लुजलाई जितका लागि १४५ रनको लक्ष्य दिएको छ।

घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पोखरा पल्टनले २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनायो। पोखराका लागि रोहिककुमार पौडेलले सर्वाधिक ३१ रनको योगदान दिए। रोहितले २१ बलको सामना गर्दै ४ चौंका र १ छक्का प्रहार गरे।

त्यस्तै रबिन्दर सिंहले २६ बलमा २ चौंका र २ छक्काको सहायतामा २८, आसिफ २३ बलमा २ छक्काको मद्दतमा २३, रासिद खानले ८ बलमा नटआउट १५, शरद भेषवाकरले ११ बलमा १ चौंका र १ छक्काको मद्दतमा १४, मोहम्मद नभिदले ४ बलमा ११ र बिक्रम भुषालले ३ बलमा ८ रनको नटआउट पारी खेले अन्य खेलाडीको प्रदर्शन भने सम्झनलायक भएन।

धनगढी ब्लुजका लागि कमलसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए। ४ ओभर बलिङ गरेका कमलले २३ रन खर्चिएर १ मेडन राख्दै ४ विकेट लिए। त्यस्तै पिटर ट्रिगो, डेनियल लरेन्स र रोबन क्षेत्रीले १–१ विकेट लिए।

दुवै टोली जितको लक्ष्यका साथ मैदानमा उत्रिएका छन्। धनगढीका लागि जितको विकल्प छैन् किनकी उसको यो लिग चरणको अन्तिम खेल हो। प्ले अफमा स्थान बनाउन धनगढीलाई जित्नै पर्ने दबाब छ। धनगढीको ४ खेलबाट ४ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा छ। 

यता घरेलु टोली पोखरा तेस्रो जितको खोजीमा हुनेछ।  ३ खेलबाट ४ अंक जोडेको पोखरा दोस्रो स्थानमा छ। धनगढीलाई पारजित गरेको खण्डमा पोखराले प्ले अफ सम्भावना बलियो पार्नेछ। पराजित भएमा अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ। 

प्रकाशित: १६ कार्तिक २०७५ ०४:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App