coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जहाजभित्र अाकाशमै बिरामीको मृत्यु

गणेश बिक

रुकुम– उच्च रक्त श्रावका कारण चौरजहारीबाट काठमाडौंका लागि उडेको हवाई जहाजमा एक महिलाको मृत्यु भएको छ। चौरजहारी नगरपालिका–५ लापुलेगाउँकी ५४ वर्षकी वसन्ता केसीको मृत्यु भएको हो।

केसीको उच्च रक्त श्राव भएको र जिल्लामा उपचार सम्भव नभएकाले उनलाई थप उपचारका लागि चौरजहारी अस्पतालले काठमाडौं रेफर गरेको थियो। उडान गरेको केही समयमै केसीको मृत्यु भएको परिवारले जनाएको छ।

नेपाल वायु सेवा निगमको जहाजमा बिरामीको मृत्यु भएको मृतकका देवर मोतिप्रसाद पोखरेलले जानकारी दिए। उच्च रक्तचापको समस्या भएकी ५४ वर्षीया केसीलाई अस्पतालले थप उपचारका लागि काठमाडौं रेफर गरेको थियो। अहिले मृतकको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको परिवारले जनाएको छ।

पोष्टमार्टमपछि शव चौरजहारी ल्याउने तयारी भैरहेको बताइएको छ। जहाजमा यात्रा गर्ने क्रममा मृत्यु भएमा १४ हजार अमेरिकी डलर पाउने प्रावधान रहेको बताइएको छ। तर मृतकका आफन्तले उडान अवधिभर विरामीको मृत्य भएमा कुनै क्षतिपूर्ति माग गर्ने छैनौं भनी कागज गरेकाले उक्त रकम नपाउने नेपाल वायुसेवा निगम चौरजहारी स्टेशनले जनाएको छ।

प्रकाशित: ७ आश्विन २०७३ १४:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App