८ वैशाख २०८१ शनिबार
राजनीति

११ दलको दर्ता खारेज

काठमाडौं– निर्वाचन आयोगले आय व्ययको वार्षिक प्रतिवेदन नबुझाउने र स्पष्टीकरण पेस नगर्ने ११ दलको दर्ता खारेज गरेको छ।

आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०५८ अनुसार विवरण र स्पष्टीकरण नबुझाउने दलको दर्ता खारेजी गर्ने निर्णय गरेको हो। यस्तै आयोगले आयव्यय प्रतिवेदन पेस नगर्ने अन्य ८२ दललाई एक सय रुपैयाँ जरिवाना गरेको छ । ती दललाई निर्धारित ढाँचा र समयभित्र प्रतिवेदन पेस गर्न आयोगले सचेत गरेको छ।

आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै खारेज गरिएका दलको नाम सार्वजनिक गरेको हो। खारेजीमा परेका दलमा नवनेपाल निर्माण पार्टी, जनयुनिटी कोअपरेटिभ पार्टी नेपाल, तराई मधेस पहाड हिमाल एकता पार्टी, हरियाली नेपाल पार्टी, ॐ सेना पार्टी, नवजनवादी पार्टी, नेकपा (माक्र्सवादी), नेपाल प्रजातान्त्रिक युवा पार्टी, नेपाल जनसंघ पार्टी, नेपाल दलित श्रमिक मोर्चा र नेकपा (एकीकृत) छन्।

प्रकाशित: ७ आश्विन २०७३ १४:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App