coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गण्डकी प्रदेश : शौचालय बनाउन २ करोड १० लाख बजेट विनियोजन

पाेखरा- गण्डकी प्रदेशका सबै नगरपालिकामा भौतिक पूर्वाधार विकास मन्त्रालयले शौचालय बनाउने भएको छ। प्रदेशका ११ जिल्लामध्ये मनाङ र मुस्ताङबाहेकका ९ जिल्लामा २६ वटा नगरपालिका छन्।

मन्त्रालयले हरेक नगरपालिकामा शौचालय बनाउन १० लाख छुट्याएको छ। मन्त्रालयको यो रकम शौचालय निर्माणको लागि ६० प्रतिशत मात्र हो। ४० प्रतिशत रकम सम्बन्धित नगरपालिकाले नै व्योहोर्नुपर्नेछ। नगरपालिका र मन्त्रालयको गरि एउटा शौचालयमा १६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ खर्च हुनेछ। यसमा ६ लाख ६६ हजार रुपैयाँ नगरपालिकाको भागमा पर्दछ।

प्रति शौचालयमा मन्त्रालयले १० लाख छुट्याएको छ। यो दरले मन्त्रालयले २६ नगरपालिकामा शौचालय बनाउन २ करोड ६० लाख रुपैयाँ खर्च गर्नेछ। नगरपालिकाले भने ४० प्रतिशतको दरले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँको दरले १ करोड ७३ लाख ३३ हजार रुपैयाँ खर्चनेछन्। मन्त्रालय र नगरपालिकाको गरि कुल २६ वटा शौचालयमा ३ करोड ३३ लाख रुपैयाँ बजेट खर्च हुनेछ।

मन्त्रिपरिषदको बिहीवार बसेको बैठकले सार्वजनिक शौचालय निर्माण कार्यविधी पारित गरेको हो। यो कार्यविधी अनुसार नै सार्वजनिक शौचालयको निर्माण हुने सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए। भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका बस्नेतको मन्त्रालयले नै शौचालय निर्माणमा करोडौँ बजेट छुट्याएको हो।

महानगरमा ८३ लाखको स्मार्ट शौचालय

यो बाहेक मन्त्रालयले पोखरा महानगरपालिकासँग ६०/४० को लगानीमा स्मार्ट शौचालय बनाउनेछ। स्मार्ट शौचालयमा मन्त्रालयको ६० प्रतिशतका दरले ५० लाख र महानगरको ४० प्रतिशत रकम ३३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहित कुल ८३ लाख ३३ हजार रुपैयाँको लगानी हुनेछ।

सरकारका प्रबक्ता रामशरण बस्नेतका अनुसार शौचालयको डिजाईन, जग्गा र कार्यान्वयनको काम महानगरले गर्नेछ भने अनुगमन चाहीँ प्रदेश सरकारले गर्नेछ।

प्रकाशित: १५ कार्तिक २०७५ १५:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App