coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सिरहामा महिला र पुरुषको वेवारिसे शव फेला

सिरहा– सिरहाको छुट्टाछुट्टै स्थानमा एक महिला र एक पुरुषको शव फेला परेको छ। लहान नगरपालिका ३ स्थित सार्वजनिक पोखरीमा शंकास्पद अवस्थामा पहिचान खुल्न नसकेको एक पुरुषको शव फेला परेको हो।

मझैला शरीर, दाह्री जुङ्गा पालेको, कालो कपाल, गहुँ गोरो वर्णको, ढाडको दाहिनेतर्फ ट्याटु खोपेको, हरियो सेतो कोठे हाफ सर्ट लगाएको अन्दाजी ३५ वर्ष जस्तो देखिने पुरुषको शव बिहीवार बिहान फेला परेको प्रहरीले जनाएको छ। 

पोखरीमा मानिस डुबी मृत अवस्थामा रहेको भन्ने जानकारी पाएर घटनास्थल पुगेको प्रहरीले शवको जाँच प्रकृति मुचुल्का कार्य सम्पन्न गरेको छ। हालसम्म शवको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले बताए। शव परीक्षणका लागि लहान अस्पतालमा राखिएको छ। 

यसैगरी, सिरहा नगरपालिका ६ स्थित कमला खोला किनारामा शंकास्पद अवस्थामा पहिचान खुल्न नसकेकी एक महिलाको शव फेला परेको छ। अन्दाजी २५ वर्षको देखिने कुर्ता सुरुवाल र स्वेटर लगाएकी उक्त महिलाको शव पहिचान नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए। शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ।

प्रकाशित: १५ कार्तिक २०७५ १४:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App