७ वैशाख २०८१ शुक्रबार
समाज

सिरहामा दलित जनप्रतिनिधिको प्रदेशस्तरीय सभा

सिरहा– सिरहामा पहिलो पटक प्रदेश स्तरीय दलित जनप्रतिनिधि सभा आयोजना गरिएको छ। बिहीवारबाट कर्जन्हा नगरपालिकामा प्रदेश २ का सम्पूर्ण दलित जनप्रतिनिधिहरु भेला भएर पाएको अधिकार उपयोगका बारेमा छलफल प्रारम्भ गरेका छन्। 

दलित सरोकार मञ्च नेपाल, सप्तरीद्वारा आयोजित दुई दिवसीय उक्त सभामा प्रदेश २ अन्तर्गत आठ वटै जिल्लाका उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाबाट १३६ जना जनप्रतिनिधिहरुको सहभागिता रहेको आयोजक भोला पासवानले बताए। 

पहिलो दिनको सभामा बोल्दै दलित जनप्रतिनिधिहरुप्रति भई रहेको विभेद लगायतका भोगाई सुनाएका थिए। प्रतिनिधिहरुले आफूहरुले भोग्नु परेको समस्या दूर गर्नका लागि संगठित हुनुपर्ने आवश्यकता औल्याएका थिए। प्राप्त अधिकारलाई उपयोगका लागि शिक्षित, संगठित र संघर्षको मार्फत अगाडि बढ्नुपर्नेमा दलित जनप्रतिनिधिहरु प्रतिबद्धता जनाएका छन्। 

सहभागी जनप्रतिनिधिलाई चार भागका विभाजित गरेर विचार राख्न लगाईएको थियो। पहिलो प्रतिनिधि सभा सदस्यहरु दोस्रो प्रदेश सभा सदस्यहरु तेस्रो नगरपालिकाका प्रमुखहरु र चाथो गाउँपालिकाका अध्यक्षहरु सहभागी सबै जनप्रतिनिधिहरुले समस्यासँग डरेर पछि हट्ने होइनकी लडेर अघि बढ्नुपर्ने बिचार राखेका थिए। 

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद सुनिता मोचीले संविधानले सुरक्षित गरेको दलित अधिकार व्यवाहारमा लागु हुन नसकेको उल्लेख गरिन। उनले संविधानमा नै दलितलाई राज्यको हरेक तहमा आरक्षणको व्यवस्था संस्थागत गर्नुपर्ने जिकिर गरिन्।

कार्यक्रममा सप्तरीका तिरहुत गाउँपालिकाका उपाध्यक्ष तिर्थमाया खत्बे, सिरहा कजन्र्हा नगरपालिकाका मेयर गंगा पासमान, समता फाउण्डेशनका अध्यक्ष प्रदीप परियार लगायतले आआफ्नो धारणा राखेका थिए। 

प्रकाशित: १५ कार्तिक २०७५ १३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App