४ वैशाख २०८१ मंगलबार
राजनीति

सरकारको प्राथमिकताका बिषयमा पूर्ण सहयोग गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले शुक्रबार प्रहरी प्रधान कार्यालय नक्साल पुगेर प्रहरीलाई सरकारको प्राथमिकतामा रहेका बिषयमा पूर्ण सहयोग गर्न निर्देशन दिएका छन्। टिकापुर घटनालाई लिएर प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँग सम्बन्धमा चिसो पसेको चर्चा चलिरहेका बेला उनी प्रहरी मुख्यालय पुगेका हुन्।

निधिले प्रहरीको संघीय संरचना कार्यदलले बुझाएको प्रतिवेदन कार्यन्वयनको संकेत गर्दै  परिवर्तित अवस्थासँगै रुपान्तरित हुन मानसिक तथा सांगठनिक रुपमा तयार रहन निर्देशन दिएका थिए। गृहसचिव लोकदर्शन रेग्मीले कमिकमजोरी सुधारगर्दै प्रहरीलाई ब्यवसायीक र प्रविधियुक्त बनाउन मन्त्रालयको जोड रहने बताएका थिए।

महानिरीक्षक अर्यालले संघीयताका बिषयमा  समयमै ठोस निर्णय आएमा नेपाल प्रहरी मानसिक रुपमा तयार भई अगाडि बढ्न सजिलो हुने बताएका थिए।

 

 

प्रकाशित: ७ आश्विन २०७३ १३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App