नेकपाबाट निर्वाचित वडाध्यक्ष सहित जनप्रतिनिधि कांग्रेसमा प्रवेश

बिहिबार, १५ कार्तिक २०७५, १५ : ३९ जनक केसी

जाजरकोट- पूर्व माओवादीबाट निर्वाचित वडाध्यक्ष सहित ८ जना जनप्रतिनिधिले  नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। जिल्लाको  कुसे गाउँपालिकाको घरंगामा बुधवार कांग्रेसले आयोजना गरेको आमसभाको कार्यक्रममा  सोहि गाउँपालिकाको वडा नम्वर ६ का वडाध्यक्ष अमरवहादुर शाही र अन्य ७ जना वडा सदस्यहरुले   सत्तारुढ नेकपा परित्याग गरि  कांग्रेसमा प्रवेश गरेका हुन्।

कांग्रेसमा प्रवेश गर्नेहरुलाई  पूर्वअर्थराज्य मन्त्री उदयसम्सेर राणाले पार्टी प्रदेश गराएका थिए। जाजरकोट कांग्रेसका सचिव खडक विसीका अनुसार पार्टी प्रदेश गर्नेहरुमा गर्नेहरुमा  वडाध्यक्ष शाही,  वडा सदस्यहरु रामवहादुर रोकाय, लालवहादुर सिंह सोहि गाउँपालकाको  वडा नम्वर ५ का वडासदस्य कमला रावल, पदमकला विष्ट, वडा नम्वर ८ की वडा सस्य रामछाया सिंह लगायत रहेका छन् ।

नेकपा नेतृत्वको वर्तमान सरकारले जनताका लागि गतिलो काम गर्न नसकेका कारण आफुहरुले  पार्टी परित्याग गरेको  नेकपा परित्याग गर्नेहरुको भनाइ छ।  १० वर्ष जनयुद्ध लडेको पार्टीलाई  प्रचण्डले एमालेमा विलय गराएकोले  आफुले नेकपा परित्याग गरेको  नेकपाका नेता एवम  कुसे ६ का वडाध्यक्ष अमरवहादुर शाहीले बताए।  'आखिर एमालेमै मिल्नु थियो भने  जनताका १७ हजार  छोराछोरीको वलिदान किन?', शाहीले प्रश्न गरे।

जनताको लागि काम गर्न  जहाँ गएर पनि   सम्भव हुने भएकोले  नेकपाको सदस्यता त्याग गरेर कांग्रेसमा प्रवेश गर्ने निर्णय  गरेको उनले बताए।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad