७ वैशाख २०८१ शुक्रबार
समाज

चोरीका काठ ओसार्दा च्यापिएर मृत्यु

सुर्खेत- चोरीका काठ ओसार्ने क्रममा गोलियाले च्यापिएर सुर्खेतमा एक जनाको मृत्यु भएको छ। गुर्भाकोट नगरपालिका–७ मानिकेका २५ वर्षीय निमबहादुर बैगारको मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय रानीवन सामुदायिक वन उपभोक्ता समूहबाट बुधबार राति साढे नौ बजेतिर चोरीको काठ ल्याउँदै गर्दा गोलियाले च्यापिएर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक मधुशुधन न्यौपानेले जानकारी दिए।

प्रहरीका अनुसार सामुदायिक वनमा काठ चोरी गर्नका लागि गाउँका नौ जना गएका थिए। बैगारसँगै गएका आठ जनालाई प्रहरीले पक्राउ गरेर ज्यान सम्वन्धी कसुर अन्तर्गत मुद्दा दायर गरेको छ। प्रहरीका अनुसार रुपलाल कामी, वीरबहादुर बैगार, दीपेन्द्र विक, जयबहादुर विक, खिमबहादुर कामी, हिरालाल विक, कवीराम कामी र चन्दा विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ‘सामुदायिक वनबाट काठको ठूलो गोलीया बोकेर ल्याउँदै गर्दा बैगारको मृत्यु भएको हो’ उनले भने, ‘उनीसँगै रहेका आठ जनालाई पक्राउ गरेर ज्यान सम्वन्धी कसुर अन्तर्गत म्याद थप गरेर कारवाही प्रक्रिया अघाडी बढाएका छौं।’

 

प्रकाशित: १५ कार्तिक २०७५ ०९:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App