coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पर्यटनका सय नयाँ गन्तब्य घोषणा, सबै जिल्ला समेटिए

काठमाडाैं – सरकारले नेपालको पर्यटकीय क्षेत्र विस्तार गर्नका लागि थप १ सय नयाँ गन्तव्यहरुको पहिचान गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सय ओटा नयाँ गन्तव्यहरुको सुची आज सार्वजनिक गरेको हो। 

सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदै सो वर्ष २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष सरकारको छ। पर्यटकहरुका लागि सिमित गन्तब्यमात्र हुँदा बसाई अवधि छोटो रहने गरेको र प्रचुर संभावनाका वावजुत स्थानीयस्तरमा पर्यटनको लाभ उपलब्ध हुन नसकेको अवस्था हटाउन यस्तो सूचि सार्वजनिक गरिएको हो। सूचिमा ७७ वटै जिल्लाका विभिन्न नयाँ स्थानलाई समेटिएको छ। 

चालु आर्थिक वर्ष २०७५÷७६ को बजेट वक्तब्यमा मुलुकमा नयाँ पर्यटकीय गन्तब्य पहिचान गर्ने र ती क्षेत्रको पूर्वाधारलगायत विकासका लागि बजेट विनियोजन गर्ने उल्लेख गरिएको थियो। मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार घोषित नयाँ गन्तब्यको पूर्वाधार विकासका लागि यसै वर्ष बजेट विनियोजन हुनेछ। ‘सूचिमा उल्लेखित नयाँ विकास गर्नुपर्ने गन्तब्यहरुमा यसै वर्ष विनियोजित बजेट बाँड फाँड हुनेछ,’ उपाध्यायले भने, ‘स्थापित भइसकेका गन्तब्यहरुका लागि पनि थप प्रचार प्रसारगरी प्रवद्र्धन गर्ने योजना छ।’

पर्यटन प्रवर्दनका लागि नयाँ गन्तब्य पहिचाहन गर्न पर्यटन मन्त्रालयले संभावित स्थानबारे जानकारी दिन प्रस्ताव आह्वान गरेको थियो। सोही अनुरुप प्राप्त आवेदन र अन्य विभिन्न जानकारीका आधारमा नयाँ गन्तब्य तोकिएको मन्त्रालयले जनाएको छ। 

हेर्नुहाेस कुन कुन स्थान परे 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App