coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संघीयता कार्यान्वयन नहुनुमा सरकार दोषी : कोइराला

उदयपुर – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले देशमा संघीयताको कार्यान्वयन हुन नसक्नुमा सरकारको कमजोरी आैंल्याएका छन्। पार्टीनिकट नेपाल प्रेस युनियन उदयपुरद्वारा गाईघाटमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले दुईतिहाई बहुमतप्राप्त सरकारकै निकम्मापनका कारण संघीयताको कार्यान्वयनमा ढिला भइरहेको बताए।

दुईतिहाई बहुमतप्राप्त ओली सरकार दिनदिनै असफल हुदै गएको टिप्पाण्ी गर्दै डा. कोइरालाले संघीयताको मूल मर्म अनुरुप कदम चाल्नै नसकेको आरोप लगाए। उनले संघीयता कार्यान्वयनका मुख्य अवयवहरु प्राकृतिक स्रोत व्यवस्थापन, वित्त आयोग गठन, अन्तरप्रदेश परिषद, प्रदेश प्रहरी गठन र प्रशासकीय व्यवस्थापनका कामकारबाही गर्न सरकारले अहिलेसम्म नसकेको आरोप लगाए।

‘ओली दुईतिहाईको बहुमत प्राप्त सरकारको नेतृत्व सम्हालिरहेका छन्, तर संघीयता कार्यान्वयन भने हुन सकिरहेको छैन’ सरकारका कमजोरी औंल्याउँदै डा. कोईरालाले थपे, ‘संघीयताको मर्म अनुरुपका मुख्यमुख्य कदम चाल्न केले रोकिराखेको छ?’ सरकारको कमजोरीकै कारण संघीयता असफल हुने को कि भन्ने आशंका पैदा भएको पनि उनले बताए।

आप्mनै पार्टी नेतृत्वप्रति असन्तुष्टि राख्दै कोइरालाले कांग्रेस नेताहरु चरम गुटबन्दीमा फसेकाले गत निर्वाचनमा इतिहासमै नराम्ररी पार्टीले पराजय भोग्नु परेको गुनासो गरे। नेतृत्व तहको अर्कमण्यता र संवादहीनता तथा चरम गुटबन्दी मौलाउदै जानुले यस्तो हविगत भएको बताए। पार्टीलाई सुधार गर्नका लागि नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा पनि कोइरालाको छ।

डा. कोइरालाले आउदो फाल्गुनभित्र पार्टी महाधिवेशन गर्नुपर्ने भन्दै उनले आफूलाई कांग्रेसको भावी सभापतिको रुपमा प्रस्तुत हुने संकेत गरे। संबादहीनता र गुटबन्दीमा फसेको पार्टीलाई बचाउन २०७६ फागुनभित्र कुनै हालतमा महाधिवेशन गर्नुपर्ने भन्दै उनले महाधिवेशनले मात्र पार्टीलाई गति दिएर उर्जासिल बनाउने बताए।

पछिल्ला केही महिनादेखि देशव्यापी जिल्ला दौडाहामा रहेका कोइरालाको कार्यकर्तासँगको भेटघाट, प्रस्तुति र दिनचर्याले भावी नेतृत्वमा दावेदार हुने संकेत देखाएको छ। कोइराला अघिल्लो दिन त्रियुगा नगरपालिका–१ जोगीदहमा सम्पन्न पार्टीको १ नं. क्षेत्रीय सम्मेलनमा सहभागी हुन आएका थिए। पार्टीको हुन लागेको विधान संशोधन कार्यमा समेट्नुपर्ने बुँदाहरुबारे पनि उनले सुझाव माग्दै हिडेको कार्यकर्ताहरु बताउँछन्।

प्रकाशित: १५ कार्तिक २०७५ ०७:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App