coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

चितवनद्वारा काठमाडौसामु १५० रनको लक्ष्य प्रस्तुत, शाहको अर्धशतक

काठमाडौं – पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा चितवन राइनोजले काठमाडौं रोयल्ससामु १५० रनको लक्ष्य प्रस्तुत गरेको छ।

पोखरा रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको पारस खड्काको चितवन राइनोजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४९ रन बनाएपछि ज्ञानेन्द्र मल्लको काठमाडौं रोयल्सले १५० रनको लक्ष्य पाएको हो।

चितवनका लागि ओपनर अनिलकुमार शाह र हरीशंकर शाहले पहिलो विकेटका लागि ५४ रनको साझेदारी गरे। अनिल ७.२ ओभरमा २७ रन बनाएर आउट भए। उनले २७ बलको सामना गर्दै ३ चौंका र १ छक्का प्रहार गरे। अनिल आउट भएपछि क्रिजमा आएका कप्तान पारस खड्का १४ रन बनाएर दोस्रो विकेटका रुपमा पवेलियन फर्किए।

अर्का ओपनर हरीशंकर शाहले सर्वाधिक ६० रनको योगदान दिए। उनले ४९ बलमा ५ चौंका र ३ छक्का प्रहार गरे। उनी १८.३ ओभरमा पवन सर्राफको बलमा तेस्रो विकेटका रुपमा आउट भए। त्यस्तै सुमित पटेलले २४ बलमा ३ चौंका र १ छक्काको मद्दतमा ३१ र सन्नी पटेलले ७ बलमा १३ रन बनाए।

काठमाडौं रोयल्सका लागि बसन्त रेग्मीले २ तथा नन्दन यादव र पवन सर्राफले एक–एक विकेट लिए। 

२ खेलबाट ४ अंक जोडेको काठमाडौं रोयल्सका लिगको तेस्रो स्थानमा छ भने ३ खेलबाट २ अंक जोडेको चितवन राइनोज चौंथो स्थानमा छ।  काठमाडौंविरुद्धको खेल चितवनलाई निकै महत्वपूर्ण छ। चितवनलाई प्ले अफमा स्थान बनाउन काठमाडौंलाई हराउनै पर्नेछ। यता, काठमाडौं लगातार तेस्रो जितको खोजीमा हुनेछ। चितवनलाई हराउन सके काठमाडौंको प्ले अफ यात्रा सहज बन्नेछ।

प्रकाशित: १५ कार्तिक २०७५ ०५:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App