८ वैशाख २०८१ शनिबार
कला

‘महक–२’ लिएर आए प्रहलाद

काठमाडौं – गायक प्रहलाद तिमिल्सिनाले आधुनिक शैलीका गीतहरूको एकल एल्बम ‘महक–२’ सार्वजनिक गरेका छन्। काठमाडौंमा सोमबार आयोजित समारोहमा गृहमन्त्री राम बहादुर थापा ‘बादल’, संगीतकार शम्भुजित बास्कोटा, आलोकश्री, गीतकारहरू राजेन्द्र थापा, डा.कृष्णहरी बराल तथा एसपी कोइरालाले संयुक्त रुपमा उक्त एल्बम लोकार्पण गरेका हुन्।

‘महक–२’ एल्बममा १० वटा गीत समावेश छन्। एल्बमका गीतमासंगीतकार शम्भुजित बास्कोटा, सुरेश अधिकारी, आलोकश्री, न्ह्यू बज्राचार्य, महेश खड्का, वसन्त सापकोटा, विकास चौधरी तथा आशिष अविरलले संगीत दिएका छन् । गीतको रचना डा.कृष्णहरि बराल, जीवन लुईंटेल, राजेन्द्र थापा, वसन्त सापकोटा, एसपी कोइराला तथा निश्चल श्रेष्ठले गरेका हुन् । जीवन लुईटेलले एल्बका तीन वटा गीत रचना गरेका छन् भने राजेन्द्र थापाले पनि तीन वटै गीत रचना गरेका छन् । गुञ्जन इन्टरटेन्मेन्टले यो एल्बमलाई उत्पादन तथा बजार व्यवस्थापन गरेको छ।

बिमोचन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले गायक तिमिल्सिनाको गायकीको प्रशंसा गर्दै सांगीतिक क्षेत्रमा पाइरेसीमा समस्या भए गृह मन्त्रालय त्यसलाई समाधान गर्न तत्पर रहेको धारणा व्यक्त गरे । ‘संगीतमा भएको सर्जकको लगानी सुरक्षित हुनु पर्छ, मन्त्री थापाको भनाइ थियो–‘पाइरेसी गरेर सर्जकको सम्पत्ति चोर्ने जस्ता प्रवृत्ति देखा परे गृह मन्त्रालयलाई त्यसलाई समाधान गर्न सधैं तयार हुनेछ।’

विमोचित एल्बमको समीक्षा गर्दै संगीतकार शान्तिराम राईले महक–२ मा समावेश अधिकांश गीतहरू कर्णप्रिय रहेको बताए। ‘स्थापित संगीतकार तथा सिद्धहस्त गीतकारका शब्दमा गायक प्रहलाद तिमिल्सिनाको स्वर सुहाएको छ,’ संगीतकार राईको भनाइ थियो।

चलचित्रको पाश्र्व गायनमा सक्रिय रहेकै कारण आफूले दोस्रो एकल एल्बम तयार पार्न समय लागेको गायक तिमिल्सिनाको भनाइ थियो। पहिलो एल्बमका अधिकांश गीत लोकप्रिय भएपछि नेपाली चलचित्रको पाश्र्व गायनमा व्यस्त भएका गायक तिमिल्सिनाले यो अवधिमा एक सयभन्दा बढि चलचित्रका गीतमा आफ्नो स्वर प्रदान गरिसकेका छन्। नेपाल अधिकांश संगीतकारहरुको संगतिमा गीत गाइसकेका यी गायकले लोकप्रिय गायिकाहरुसँग समेत पाश्र्व गायन गरिसकेका छन्।

समारोहमा गायक तिमिल्सिनाले एल्बमका दुई गीत प्रत्यक्ष सुनाएका थिए भने तीन वटा गीतका म्युजिक भिडियो प्रिमियर गरिएको थियो।

प्रकाशित: १५ कार्तिक २०७५ ०३:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App