coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

गोजीमा दाम नहुने संगीतकारलाई ५० हजार

काठमाडौं – आगामी शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘चङ्गाचेट’को गीत ‘गोजीमा दाम छैन’ले युट्युबमा डेढ करोड बढी दर्शक पाएको छ। फिल्म युनिटले मंगलबार सोही अवसरमा केक काट्दै गीतका गायक तथा संगीतकार राजनराज शिवाकोटीलाई ५० हजार नगद प्रदान गरेको छ।

फिल्मका निर्माताद्वय माधव वाग्ले र शर्मिला पाण्डे, निर्देशक दीपेन्द्र के खनाल, कलाकारद्वय परमिता आर एल राणा र सुरक्षा पन्त तथा संगीतकार राजनराज शिवाकोटी र गीतकार हरिहर तिमल्सिनाले केक काटेका थिए। सोही अवसरमा निर्माता वाग्लेले संगीतकार शिवाकोटीलाई ५० हजार रुपैंयाँ बराबरको चेक पनि हस्तान्तरण गरे।

वाग्लेले आफूले गीतले एक करोड बढी दर्शक पाए उपहार दिने वाचा अनुरुप संगीतकारलाई पुरस्कार दिएको बताए । ‘यो उहाँको पारिश्रमिक होइन। राम्रो संगीत र गीतको पुरस्कार हो,’उनले भने, ‘फिल्मको गीतले गोजीमा दाम छैन भने पनि फिल्म रिलिज पछि हामी निर्माताको गोजी दामले भरोस्।’

कार्यक्रममा संगीतकार शिवाकोटीले आफूले पाएको रकमबाट ५ प्रतिशत अंश गीतकार तिमल्सिनालाई दिने घोषणा गरे । निर्देशक खनालले फिल्मले दाम हुने र नहुनेको कथालाई चित्रण गरेको बताए। ‘गीतमा राखिएका शब्द अनुसार नै कलाकारले चरित्र निर्वाह गरेका छन्। फिल्मका तीन प्रमुख पात्रले फिल्मलाई बोकेका छन्,’निर्देशक खनालले भने,‘डार्क कमेडी फ्लेबरमा फिल्म बनेकोले दर्शकले रुचाउनु हुनेछ भन्नेमा आशावादी छौं।’

फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, परमिता आर एल राणा, सुरक्षा पन्त, रविन्द्र झा, सन्दिप क्षेत्रीको अभिनय छ। फिल्ममा अर्पण थापा, निश्चल बस्नेत, वेनिशा हमाल र ऋचा शर्मा विशेष भूमिकामा छन्।

प्रकाशित: १५ कार्तिक २०७५ ०३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App