८ वैशाख २०८१ शनिबार
विचार

मुटु अस्पतालकै मुटु अस्वस्थ

अस्पताल जहाँ हरेक बिमारीको औषधोपचार हुने विश्वास गरिन्छ। हरेक रोगको उपचार हुने थलो भएकै कारणअस्पताल सबै रोगीमात्र हैन, निरोगीको समेत आस्थापुञ्जका रूपमा चिनिँदै आएको पनि छ। नेपाली पनि यसबाट अपवाद छैनन्। त्यसैले त अस्पताललाई मन्दिर ठान्ने र चिकित्सकलाई पुजारी ठानेर श्रद्धाले शिर निहुराउने नेपालीको संख्या दिन/परदिन वृद्धि हुँदो छ।

पछिल्लो समयकुनै रोगविशेषलाई लक्षित गरीअस्पताल खुल्ने क्रम पनि बढेको छ। मुटु, नशा, हड्डी, आँखा, दाँत जस्ता विभिन्न समस्यालाई केन्द्रमा राखी अस्पताल खुलेका छन्। जसले धेरै जनताको मन पनि जितेको छ। साथैडा. सन्दुक रुइत, डा. भगवान कोइराला, डा. उपेन्द्र देवकोटा (हाल स्वर्गीय) जस्ता दर्जनौँ चिकित्सकलेयिनै विशेषज्ञताका आधारमा जनताको मन पनि जितेका छन्। अर्थात उनीहरू जनता जनार्दन (जनताका रूपमा रहेको ईश्वर) का रूपमा जनहृदयमा बस्न सफल भएका पनि छन्।

इन्द्रको अगाडि स्वर्गको बयान भनेझैँ डाक्टरकै अघि एउटा सामान्य व्यक्तिले रोग र उपचारको के कुरा गर्नु र? जे होस्, अस्पताल सरसफाइको अभियान गंगालाल हृदय केन्द्रको आकस्मिक कक्षबाट सुरु गर्न सकियो भने त्यो देशभरका स्वास्थ्य निकाय सफा राख्न जनचेतनाको बिगुल बन्न सक्छ।

बिजोग हृदय केन्द्रको
प्रसंग हो–गत कात्तिक १२ गतेको। एकजना आफन्तलाई उच्च रक्तचाप भएपछि शहीद गंगालाल हृदय अस्पतालको आकस्मिक कक्षमा लगियो। ठूलो गेट, कम्पाउन्ड, ठूला भवनहरू, फराकिला चौर अनि बगैँचा देख्दा मनै पुलकित भएर आयो। अर्थात अस्पतालको यो अवस्था देख्दा तिहारमा देउसे/भैलेले गाउने ‘ठूला घरको, ठूलै चाला’ भन्ने बाल्यकालमा खुबै भट्याइएको वाक्यांश पनि याद आयो। हो पनि, बाहिरी सजावट त यति राम्रो छ भने उपचार स्थल र उपचार त झन् कति सुन्दर होला भन्ने कल्पनाले जोकोही पनि सजिनु अस्वाभाविक भएन।

तर विडम्बना, कहिलेकाहीँ जनताको हृदयमा यसरी गहिरोसँग विराजमान आस्था पनि व्यवस्थापनको लापरबाहीका कारण डग्मगाउँदो रहेछ। जब बिरामीलाई भव्य अस्पतालकोआकस्मिक कक्षमा लगियो, विरक्त लाग्ने क्रम उपचारपूर्व नै सुरु हुन थाल्यो। भित्ताहरूजताजतै रसाइरहेका। मानौँ, त्यहाँ वर्षाका कारण मूल फुटिरहेछन्। सबैतिर काइ नै काइ। माछाको आहार तयार पारिँदै हो कि भन्ने लाग्थ्यो एकातिर भने अर्कोतिर वर्षौँ सफाइ नगरिएको महसुस सोझै हुन्थ्यो। अस्पताल हो कि पाटी? ठम्याउनै गाह्रो परिरह्यो ।बिछ्यौना उस्तै फोहोर। सिँढीदेखि भुइँसम्म, भित्तोदेखि बेडसम्म, चौतर्फी हरिबिजोग।

त्यतिमात्र कहाँ हो र? टिनको बार लगाएका शौचालय। देख्दै विरक्त। ठाउँठाउँमा बोर्डमा मिसन/भिजन त लेखिएको छ तर तिनै मिसन/भिजनले नै यहाँको अवस्थालाई गिज्याइरहेका लाग्छ। यहाँसम्म कि लाससमेत नछोपी राखिएको देखियो। मृतकको परिवारसँग एक डाक्टर भन्दै थिए– ‘जन्म मितिठ्याक्कै उही चाहियो, नत्र लास दिन्नौँ,सर्टिफिकेट पनि दिन्नौँ।’ त्यो पनि सबैले सुन्ने गरी। कुनै पनि बिरामीनिको भएर फर्कने आशसहित अस्पताल गएको हुन्छ। उसका आफन्तले पनि यही आश गरेका हुन्छन्। तर सोच्दै नसोचिएको कागजपत्र आलो पीडाका पीडितसँग धम्क्याइको शैलीमा माग्नुको अर्थ के हुन्छ? के यसले अस्पताल र चिकित्सकको प्रतिष्ठा बढाउँछ र? तर यस्तो सुन्न भने बाध्य भइयो।

नाम– शहीद गंगालाल हृदय केन्द्र। नेतृत्व नाम जस्तै पुकारिने भगवान कोइरालाले समेत हाँकेका । देख्दैमा होटल जस्तो, त्यो पनि चानचुने हो र? पाँचतारे । तर यही संरचनाभित्रकोआकस्मिक कक्षचाहिँ बेवारिसे धर्मशाला जस्तो। त्यो पनि सि ग्रेडको ।हुन सक्छ, क्याबिन राम्रा होलान्। बिरामी राखिने अरु कोठा पनि ठीकै होलान्। तर आकस्मिक कक्ष त्यो प्रवेशस्थल हो जहाँबाटै बिरामी र उसका आफन्तले अस्पताल र त्यहाँ हुने उपचार, व्यवहार आदिप्रति धारणा बनाउँछन्। अनि सम्भावित उपचार र परिणामप्रति अनुमान लगाउँछन्। तर त्यहीँ उनीहरू निराश हुनुपरेपछि ‘गलत ठाउँमा त आइएन?’ भन्ने प्रश्नले थिच्न थाल्छ सबैलाई। यस्तो अवस्थामा क्याबिन स्तरीय हुनुको अर्थ नै के हुन्छ? आखिर आकस्मिक कक्षले ‘ग्रिन सिग्नल’ दिए न जाने हो क्याबिनमा ? यही सिग्नल दिने ठाउँ नै रोगी भएपछि कसरी निको हुन्छ बिरामी? यस्ता थुप्रै प्रश्न एकैचोटि दिमागमा ल्याइदिन्छ त्यहाँको आकस्मिक कक्षले।

अस्पतालको नाममै हृदय जोडिएपछि हृदय अर्थात मुटुसँग सम्बन्धित बिरामीको रोजाइमा पर्ने नै भयो उक्त अस्पताल। जसरी मुटु मानिसको सबैभन्दा महत्वपूर्ण अंग हो त्यसरी नैआकस्मिक कक्ष पनि अस्पतालको मुटु हो। यस अर्थमा अस्पताल व्यवस्थापनले मुटुको महत्व नबुझेको भन्न कुनै पनि हालतमा मिल्दैन। तरत्यहाँको अवस्था हेर्दा भने बुझेको जस्तो पटक्कै लाग्दैन। शहीद गंगालाल हृदय केन्द्रको आकस्मिक कक्ष पुग्ने जोसुकैले महसुस गर्ने वास्तविकता यही हो यतिबेला।

खाँचो सरसफाइ अभियानको
गंगालाल हृदय केन्द्र राजधानीको पनि नाम चलेको अस्पताल हो। यसलाई पूरै बजेट सरकारले दिन्छ। बिरामीको चाप पनि उत्तिकै छ। यस अर्थमा अस्पतालकै कमाइ पनि राम्रो हुने अपेक्षा गर्न सकिन्छ। यस्तो अस्पतालको हालत त हरितन्नम छ भने मोफसलका स्वास्थ्य निकायका अवस्था कस्तो होला? सहजै अनुमान गर्न सकिन्छ। त्यसैले ज्यानलाई स्वस्थ तुल्याउन आधा भूमिका रहेको सरसफाइलाई डाँडो कटाउन आजैदेखि लागिपर्न जरुरी छ। र, यसको पहलकदमी स्वास्थ्यसँग सम्बन्धित र यसको महत्व बुझेको हिसावले अस्पतालले, अझ त्यसमा पनि गंगालाल हृदय केन्द्र नै लिनु सान्दर्भिक हुनेछ। के यो आँट गर्ला त उक्त अस्पतालले?

फोहोरका कारण स्वास/प्रस्वाससम्बन्धी समस्या निम्तन्छ। त्यसैगरी फोहोरमैलाबाट निस्कने धुलोका कणहरू फोक्सो हुँदै कतिपय अवस्थामा पेटमा पुगी पेटसम्बन्धी रोगसमेत लाग्ने बताउँछन् चिकित्सकहरू नै। साथै ब्रोङकाइटिस, क्यान्सर जस्ता दीर्घकालीन समस्यासमेत निम्त्याउँछन् फोहोरमैलाले भनेर उनीहरू नै सतर्क गराइरहन्छन्। इन्द्रको अगाडि स्वर्गको बयान भनेझैँ डाक्टरकै अघि एउटा सामान्य व्यक्तिले रोग र उपचारको के कुरा गर्नु र? जे होस्, गंगालाल हृदय केन्द्रको आकस्मिक कक्षबाट अस्पताल सरसफाइको अभियान सुरु गर्न सकियो भने त्योदेशभरका अस्पताल तथा स्वास्थ्य निकाय सफा राख्न जनचेतनाको बिगुल बन्नेमा भने शंका छैन। आखिरअरस्तुले भनेकै छन्– असल सुरुवात नै आधा काम सम्पन्न हुनु हो।

अन्त्यमा,
गत असोज २७ गतेको मात्र कुरा हो– आफन्तको घाँटीपछाडिको भाग दुखेर असह्य भएपछिउपचारका लागिचावहिलस्थित मेडिकेयर अस्पतालको इमर्जेन्सीलगिएको थियो। त्यहाँ करिब सवा घण्टाको बीचमा दुईवटा इन्जेक्सन (पेन किलर) लगाएर बिरामीमाथि परीक्षण गर्ने काम भयो। हामीले बिरामीको छट्पटाहटबारे सोध्दा ‘परिवारका मानिसलाई देखेर’ भन्दै बाहिर जान भनियो। इसिजीको रिपोर्ट पनि नेगेटिभ आएको रहेछ। त्यसपछि मात्र कुनै प्रगति नभएपछि बल्लमुटुको उपचार गर्ने अन्य अस्पताल लैजान भनियो। जबकि समय गुज्रिसकेको थियो र बिरामीको मृत्यु भयो।

एक त आकस्मिक कक्ष जस्तो ठाउँमा एमबिबिएसमात्र गरेको डाक्टर राखिएको थियो, कुनै विशेषज्ञ डाक्टरको व्यवस्था थिएन। अर्को कुरा मुटु जस्तो संवेदनशील अंगको समस्या भएको बिरामीलाई एक घण्टाभन्दा बढी परीक्षण गर्ने दुःसाहस भयो। जसले गर्दा नसोचिएको घटना आइप-यो। आखिर कहिले लाग्ला नेपालका स्वास्थ्य निकायका माउ चिकित्सक तथा व्यवस्थापकका घैँटोमा घाम?

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
Download Nagarik App