coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
भिडियो

'मालिका अर्थात उत्पीडन विरुद्धको कथा' (भिडियो अन्तर्वार्ता )

काठमाडौं- चलचित्र मालिकामा रेखा थापाले जाजरकोटकी कमला वलीलाई 'हिरो' बनाइन्। कार्तिक १६ गतेदेखि रिलिज हुने चलचित्रमा भेरी नगरपालिका १ कालेगाउँकी  १५ वर्षिया कमला वलीको मुख्य भूमिका छ। पछिल्लो समय नारी प्रधान चलचित्र निर्माण गर्दै आएकी थापाले मालिका उत्पीडन विरुद्धको कथा भएको बताइन्। नागरिक नेटवर्कको स्टुडियोमा प्रशान्त लामिछानेसँग कुरा गर्दै थापाले भनिन्, 'यो आम नेपाली महिलाको कथा हो। यो उत्पीडन विरुद्धको कथा हो।'

उनले अन्तर्वार्ताको क्रममा 'मिटु' अभियानको बारेमा समेत मुख खोलेकी छन्। विभिन्न क्षेत्रमा हुने महिला हिंसाका बारेमा उनले खुलेर कुरा गरेकी छन्। मालिका चलचित्रले जनचेतना फैलाउन भूमिका खेल्ने उनको दावी छ। 'डरका विरुद्ध लड्न र उत्पीडनका विरुद्ध मुख खोल्न चलचित्रले सन्देश दिनेछ', थापाले भनिन्।

चलचित्रमा समाजमा हुने बाल बिवाह, बलात्कार र अन्य विविध तरिकाबाट घट्ने महिलाहिसांलाई समेटेको उनले बताइन्। चलचित्रको मुख्य भूमिकामा रहेकी कमला वली 'नन एक्टर' कलाकार हुन्। उनलाई फिल्ममा अभिनय गर्न मन्जुर गराउनै दुई महिना लागेको उनले बताइन्। जहाँको कथा त्यहीँको कलाकार भए मात्र फिल्मले जीवन्तता पाउने भएकोले वलीलाई लिएको थापाको भनाई छ। रेखाले कमलालाई चलचित्रको 'हिरो' को रुपमा प्रस्तुत गरेको बताइन्।

 

प्रकाशित: १४ कार्तिक २०७५ ०९:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App