काठमाडौं— मनाङ मर्स्याङ्दी क्लबका पूर्व अध्यक्ष टासी घलले अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्ष पदकका लागि दिएको उमेद्वारी फिर्ता लिएका छन्।
घलेले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै एन्फा अध्यक्षको चुनाव पुरानो विधानअनुसार हुन लागेकाले आफूले अध्यक्ष पदका लागि दिएको उमेद्वारी फिर्ता लिएको बताएका छन्।
‘एन्फा अध्यक्षको निर्वाचन २०६६ सालकै पूरानै विधानअनुसार हुने थाहा पाएँ,’ उनले भने, ‘यस प्रक्रियामा चित्त बुझेन, राष्ट्रिय खेलकुद परिषद् राखेपामा पत्राचार गरें । तर कहीं कतैबाट जवाफ नआएपछि हाललाई अध्यक्ष पदको लागि दिएको उमेद्वारी फिर्ता लिने निर्णय गरेको छु।’ आफूलाई अध्यक्ष पदको उमेद्वार बनाउने सम्पूर्ण क्लब, जिल्ला संघ र सम्पूर्ण राष्ट्रिय खेलाडीलाई उनले धन्यवाद दिए।
उनले एन्फालाई पारदर्शी बनाउन आगामी साधरणसभाले विधान संशोधन र आर्थिक नियमावली बनाउनु पर्ने बताए।
प्रकाशित: ७ आश्विन २०७३ ११:४६ शुक्रबार