coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

बलिउडको काम गर्ने शैली उत्कृष्ट : सृष्टि श्रेष्ठ (भिडियो)

काठमाडौं- पूर्व मिस नेपाल सृष्टि श्रेष्ठसँग अन्तर्वार्ताका लागि विगत ६ महिनादेखि कुरा भइरहेपनि व्यस्तताका कारण भेट्ने साइत जुरेको थिएन। हालसालै उनी लाजिम्पाटको थिएटर भिलेजमा झुल्किइन्। थियटर भिलेजमा मञ्चन भइरहेको सेक्सपियरको नाटक ह्याम्लेटमा अभिनयसमेत गरेकी उनीसँग ग्ल्यामर, फिल्म र समाजिक सञ्जालबारे स्मृति ढुंगानाले कुराकानी गरेका छन्।

'के मा व्यस्त हुनुहुन्छ?'

'नाटकको रिहर्सल र नाटक हेरिसकेका शुभचिन्तकहरुको प्रतिक्रिया गर्दैछु।'
हैट!
त आँट म पुर्यारउछु भनेझैं हामीले खोजेको कुरामा उनी व्यस्त थिइन्। अभिनयको माध्यमले उनी पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा जोडिएकी थिइन्। त्यसो त उनी नेपाली फिल्म क्षेत्रमा जोडिने पहिलो मिस नेपाल भने होइनन्। यसअघिका पूर्व मिस नेपाल झरना ब्रजचार्य, सुमी खड्का, माल्भिका सुब्बा, जेनिशा मोक्तान र मलिना जोशी नेपाली फिल्ममा जोडिइसकेका छन्। नेपाली फिल्ममा जोडिनुअघि सृष्टिले तयारी पनि लामै गरिन्।

नेपाली रंगमञ्चका हस्ती सुनिल पोखरेलकी चेली भएर अभिनयको प्रशिक्षण लिइन्। त्यसबाहेक डान्सको प्रशिक्षणलाई निरन्तरता दिइरहिन्। 'प्रशिक्षणको दौरान वास्तविक भावलाई अभिनयमार्फत् प्रस्तुत सिकाइएको थियो। त्यस फर्मूलाले अभिनय यात्रामा साथ दिइरहेको छ,' उनले भनिन्।

त्यतो उनको डेब्यु 'गाजलु' को काम उत्कृष्ट भएको ठहर उनको छ। 'फिल्मको सुटिङ भइरहँदा फिल्मको प्राविधिक कुराहरुबारे समेत धेरै जानकारी लिइरहेको हुन्थेँ, 'उनले भनिन्, 'पहिलो फिल्मको काम राम्रो भएको छ। त्यसले मलाई अभिनय यात्रामा केन्द्रीत हुन प्रोत्साहित गरेको छ।'

अभिनेत्री भनेको राम्री हुनुपर्छ भन्ने माध्यतालाई साथ दिन उनी नियमित फिटनेस र खानपिनमा ध्यान दिने गरेकी छिन्। तत्काल उनी अभिनयलाई निरन्तरता दिएर नेपाली फिल्ममा स्थापित हुन तत्पर छिन्।

बलिउडको कामबाट प्रभावित

गतवर्ष 'कभी जो बादल बर्से' बोलको अनप्लग्ड भर्जनको म्युजिक भिडियोमा देखिएकी थिइन्। तर उनी तत्काल म्युजिक भिडियोमा नदेखिने बताइन्।

'बलिउडको म्युजिक भिडियो मेरो पहिलो फिल्मिङ अनुभव थियो। उनीहरुको टिमवर्क र काम गर्ने शैली उत्कृष्ट थियो,' उनले सुनाइन्, 'तत्काल म्युजिक भिडियो गर्दिन। राम्रो र मलाई मनपर्ने गीत भयो भने गर्ने सम्भावना हुनसक्छ।'

म्युजिक भिडियोको लागि महँगी मोडलको रुपमा स्थापित सृष्टिले गायिका देविका बन्दनाको 'सधैँसधैँ' बोलको म्युजिक भिडियोमा पछिल्लो पटक देखिएकी थिइन्। उनले करिब चारवटा म्युजिक भिडियोमा काम गरेकी छन्।

अचम्म लाग्ने कुरा प्रेम प्रस्तावै आउँदैनन्

राम्री र सुन्दर व्यक्तिहरुलाई मनपराउने र माया गर्नेहरुको संख्या धेरै हुन्छन् भन्ने मान्यता सबैले राख्छन्। त्यही कुरा सृष्टिको हकमा पनि लागू हुन्छ। अहिलेसम्मको राम्री र सुन्दर मिस नेपालको उपमा पाएकी सृष्टिलाई मनपराउने फ्यानहरु धेरै होलान्। विडम्बना उनलाई प्रेम प्रस्ताव भने आजसम्म आएको छैन। टिनेजर लभस्टोरी केही फरक थियो। एकोहोरो लभ पर्यो होला वा कसैले एकोहोरो मन पराएर होलान्। आँटै गरेर उनलाई प्रेम प्रस्ताव राख्न भने कोही अहिलेसम्म आएका छैनन्।

'अचम्म लाग्छ प्रेम प्रस्तावैचाँहि अहिलेसम्म आएको छैन,' उनी अनुभव सुनाउँछन्, 'म त्यत्ति नराम्री र डरलाग्दो पनि छैन होला। तैपनि प्रेम प्रस्ताव आउँदै आउँदैन्।'

कुनै प्रकारको लभस्टोरी नभएर होला रिलेसन्सिप स्ट्याटस्बारे सोध्दा हँसिलो अनुहारमा भन्छिन्,'सिगंल।'

सक्किगो नि।

त्यसैले होला तत्काल उनी विवाह गर्नेभन्दा करियरमा केन्द्रीत हुने अभिनयमा जुटेकी छिन्।

वर्षमा एउटा नाटक गर्छु

हाल थिएटर भिलेजमा मञ्चन भइरहेको 'ह्याम्लेट'की ओजस्वी पात्रमा देखिएकी सृष्टि थिएटरलाई माया मार्न चाहनन्। कलाकारले अभिनय देखाउने उत्कृष्ट प्ल्याटफर्म थिएटर भएकाले पनि होला उनी थिएटरबाट टाँढिन चाहनन्। 'थिएटरले कलाकारको कलाकारिता निखार्ने गरेको छ। त्यसैले वर्षमा एउटा नाटकमा भने काम गरिरहन मन छ,' उनी भन्छिन्, 'इमोस्नल मेमोरीबाट चरित्र ल्याएर पात्रमार्फत देखाउन सिकाउनु भएकाले होला, यो कुरा नाटकमा प्रस्तुत गर्न सकिन्छ।'

यसअघि नाटककी फ्यानको रुपमा नाटक हेर्न राजधानीको विभिन्न थिएटरमा पुग्ने सृष्टिले 'ह्याम्लेट'को लागि अभिनयको अफर आउँदा नहिच्किचाइकन काम गर्न राजी भइन्। 'अभिनय देखाउन एक दिनको अभ्यासले पुग्दैन। त्यसका लागि निरन्तर अभ्यास र पात्रसँगको सामिप्यताको आवश्यकता पर्छ।

सोसम मिडियामा सक्रिय

संसारभर सामाजिक सञ्जालको प्रयोगकर्ता बढीरहेको बेला नेपालमा यो आवश्यकजस्तो भइसकेको छ। नेपाली फिल्म क्षेत्रमा स्थापित हुन तयार सृष्टिलाई सामाजिक सञ्जालले समेत साथ दिएको छ।

उनी सामाजिक सञ्जालको एक राम्रो प्रयोगकर्ताको रुपमा देखिएकी छिन्। त्यसैले त फेसबुक पेज र इन्स्टाग्राममार्फत् उनी शुभचिन्तकहरुमाझ पुगेकी छन्। 'सोसल मिडियाले मेरो र शुभचिन्तकहरुबीचको सम्बन्धलाई प्रगाढ बनाइदिएको छ', उनी भन्छिन्।

उनको नियमित जीवन शैलीबारे शुभचिन्तकहरुले सामाजिक सञ्जालमार्फत् जानकारी पाउने गरेका छन्। घुमघाम होस् वा जमघट उनकाबारे जानकारी राख्न चाहने शुभचिन्तकले उनका खबर थाहा पाइहाल्छन्। 'फुर्सद मिलेसम्म सोसल मिडियामा सक्रिय हुने गरेको छु।'

सृष्टिका सबैभन्दा बढी फ्यान इन्स्टाग्राममा छन्। एउटै पोस्टमार्फत उनी झन्डै लाखभन्दा बढी फ्यानहरुसँग अन्तरक्रिया गर्छिन्। 'सोसम मिडियामा सकारात्मक प्रतिक्रिया पाइरहेको हुन्छु,' उनले सुनाइन्, 'इनबक्समा आएको सन्देशहरु हेर्न र रिप्लाई भने गर्न भ्याउँदिन्।'

प्रदर्शनको तयारीमा रहेको 'गाजलु'की हिरोइन सृष्टि सक्रिय भएको इन्स्टाग्राममा उनले ६ सय ६० पोस्ट गरिरहँदा एक लाख दस हजारले फलो गर्छन्। इन्स्टाग्रामको प्रयोगकर्तामध्ये ६५ प्रतिशत महिला छन्। त्यस्तै उनको फेसबुक पेज तीन लाख ७४ हजारभन्दा बढीले फलो गरेका छन्। उनले टि्वटर भने खोल्न भ्याएकी छैनन्।

फ्यान र फलोअरलाई आफ्नाबारे जानकारी दिन सोसल मिडियामा सक्रिय भएको प्रतिक्रिया उनले दिइन्।

र्‍याम्प मोडलिङको करियर छुट्यो

उनी मिस नेपालको रुपमा स्थापित हुनअघि सुरु गरेको र्याम्प मोडलिङको करियरलाई भने उनले अत्याधिक मिस गरेकी छन्। यसो त र्यापम्प मोडलिङ र शोज् टपर दुई फरक कुरा हुन्। मिस नेपालसँग उनी र्यालम्पमा शोज् टपरको रुपमा स्थापित भएकी छन्। मोडलको रुपमा र्याजम्पमा हिँड्नुको मज्जा एउटा मोडलले अनुभव गर्न सक्छन्। 'अधिकांश र्यााम्प मोडलिङमा शोज् टपरको रुपमा प्रस्तुत भइरहेको छु। र्याहम्प मोडलिङमा देखिन नपाउँदा भने दुःख अवश्य लागेको छ।'

प्रकाशित: ७ वैशाख २०७३ ०१:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App