८ वैशाख २०८१ शनिबार
अर्थ

धनगढीमा टोयोटाको सोरुम

काठमाडौं – टोयोटाको अधिकृत बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले  प्रदेश नम्बर ७ को धनगढीमा बसन्त क्लासिक अटोमोबाइल्स सोरुम सञ्चालनमा ल्याएको छ।

टोयोटाको थ्रीएस सेवा दिने गरी बिक्रेता नियुक्त गरेको छ । टोयोटाद्वारा उत्पादित गाडी अब धनगढीमा पनि सहज रुपमा उपलब्ध हुनेछ । धनगढीमा खोलिएको सोरुममा अन्तर्राष्ट्रिय गुणस्तरलाई ध्यानमा राखी  सञ्चालनमा ल्याइएको हो।

युनाइटेड ट्रेडर्सका वरिष्ठ निर्देशक कैलाशभक्त राजभण्डारी, बसन्त क्लासिकका भुवन भट्ट, बसन्त भट्ट, र देवीदत्त भट्टले रिबन काटेर सोरुम उद्घाटन गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १४ कार्तिक २०७५ ०४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App