८ वैशाख २०८१ शनिबार
प्रवास

माओवादी आक्रमणमा एक पत्रकार र दुई प्रहरी मारिए

नयाँ दिल्ली – माओवादी विद्रोहीको आक्रमणमा भारतको राष्ट्रिय प्रसारण संस्था दूरदर्शनका एक क्यामेराम्यान र दुई प्रहरीको मृत्यु भएको छ।

भारतको छत्तिसगढ राज्यमा विछ्याइएको एम्बुसमा परी मंगलबार क्यामेराम्यान र दुई प्रहरीको मृत्यु भएको बताइएको छ । छत्तिसगढ राज्य माओवादी हिंसा प्रभावित क्षेत्र हो । भारतको केन्द्रीय पारामिलिटरी फौजको सवारी साधनलाई माओवादी विद्रोहीले उडाएको केही दिनपछि मंगलबारको घटना भएको छ । सो आक्रमणमा चारजना सुरक्षाकर्मीको मृत्यु भएको थियो । छत्तिसगढ राज्यमा अर्को महिना निर्वाचन हुँदैछ।

‘नक्सलहरुले आज हाम्रो पेट्रोलिङ पार्टीलाई एम्बुसमा पारेका छन्,’ डेपुटी इन्स्पेक्टर जनरल पी सुन्दर राजले भारतीय समाचार एजेन्सी एएनआईलाई बताएका छन् । उनले एम्बुसमा परी अन्य दुई प्रहरी अधिकारी घाइते भएको जानकारी पनि दिएका छन् । दूरदर्शन प्रसारण संस्थाको टेलिभिजनको एउटा टोली छत्तिसगढमा हुन लागेको निर्वाचनको विवरण संकलनका लागि गएको सो संस्थाले जनाएको छ । आक्रमणमा पर्दा उनीहरु पनि सुरक्षा फौजसँगै सो क्षेत्रतर्फ गइरहेका थिए।

प्राकृति खनिजका लागि धनी छत्तिसगढ राज्यमा तीन दशकभन्दा लामो समयदेखि सशस्त्र द्वन्द्व चलिरहेको छ । जब सरकारले सो क्षेत्रबाट खनिज पदार्थ निकाल्ने खालको उद्योग वा कलकारखानालाई प्रशय दिन्छ, सशस्त्र वामपन्थी गुरिल्ला समूह माओवादीले सरकारको त्यस्तो कदमलाई प्रतिवाद गर्ने गरेको छ।

भारतका पूर्वीय र केन्द्रीय राज्यका कैयौं क्षेत्रमा सक्रिय रहेका विद्रोहीहरुले पनि उनीहरुले कम्युनिस्ट शासन स्थापना र जातीय वर्ग र ग्रामीण क्षेत्रका गरीबका लागि युद्ध गरिरहेको दाबी गर्ने गरेका छन् । विद्रोहीहरुले समयसमयमा भारतीय सुरक्षा फौजलक्षित आक्रमण गर्ने गरेका छन् । सन् २०१० मा भारतको छत्तिसगढ राज्यको डान्टेवाडामा गरेको आक्रमणमा परी ७४ जना प्रहरीको मृत्यु भएको थियो । सो आक्रमण माओवादी विद्रोहीले भारतीय सुरक्षा फौजविरुद्ध गरेको ठूलोमध्यको आक्रमण भएको बिबिसीले उल्लेख गरेको छ।

प्रकाशित: १४ कार्तिक २०७५ ०३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App