coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

महाधिवेशनको तयारी गर्न नयाँ शक्तिको बैठक बुधबारदेखि

काठमाडौं- नयाँ शक्ति पार्टीको १५ औं संघीय बैठक बुधबारदेखि काठमाडौंमा बस्ने भएको छ। बैठक बुधबार विहान ११ बजे बुद्धनगर पार्टी प्यालेस, बुद्धनगर, काठमाडौंमा सुरु हुने नयाँ शक्तिले जनाएको छ। बुधबार र बिहीबार दुई दिन बस्ने बैठकमा पार्टीको अवस्थाको रिपोर्टिङ, कामहरुको समीक्षा र आगामी कार्ययोजना तय हुनेछ।

बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे गहन छलफल हुनुका साथै पार्टीले लिनुपर्ने रणनीतिका बारेमा ठोस निर्णय हुने नयाँ शक्ति पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए। उनका अनुसार बैठकमा पार्टीको महाधिवेशनका विषयमा पनि छलफल हुनेछ। बैठकमा अहिलेसम्म भएका महाधिवेशन तयारीसम्बन्धी कार्यहरुको रिपोर्टिङ हुनेछ भने त्यसका आधारमा महाधिवेशनको पूर्वनिर्धारित मिति आवश्यक परेमा परिमार्जन समेत हुनेछ।

बैठकमा नेकपा सरकारको कामका बारेमा पनि छलफल गर्नेछ । सरकारका गलत कामको विरोध गर्ने, अत्यावश्यक कामका लागि दवाव दिने गरी पार्टीले भावि कार्ययोजना निर्माण गर्ने प्रचार विभाग प्रमुख पाण्डेले बताउनुभयो ।

 

प्रकाशित: १३ कार्तिक २०७५ १२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App