मृत्युको कारण बन्दै मस्तिष्कघात, कसरी बच्ने ?

मङ्गलबार, १३ कार्तिक २०७५, १६ : ५८ नागरिक

483


काठमाडाैं - ‘सहयोग’ भन्ने नारासाथ विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मंगलबार विश्व मस्तिष्कघात दिवस नेपालमा पनि मनाइयो।

मस्तिष्काघात भन्नाले दिमाग र मेरुदण्डमा अचानक रक्त सञ्चालनमा अवरोध हुने प्रक्रिया अथवा नसा फुटेर रक्तश्राव भई स्नायुको कामलाई असर पुगी शरीरको कुनै भाग/अङ्गमा कमजोरी देखिने अवस्थालाई जनाउँछ। मस्तिष्कघातले निम्त्याउने अपाङ्गताले बिरामीलाई चाहिने स्याहारसुसार, पारिवारिक सहयोग र पुनःस्थापनामा केन्द्रित गर्न यस वर्षको नारा तय भएको बताइन्छ। ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ नसारोग विशेषज्ञ डा राजु पौडेल मस्तिष्कघातका बारेमा आमजनतामा चेतना अझै नरहेको र छिटोभन्दा छिटो अस्पतालमा पुर्याएमा बिरामीलाई यसबाट पर्ने दूरगामी असर धेरै कम गर्न सकिने बताउछन्।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक दुई सेकेण्डमा एकजना मस्तिष्कघातबाट पीडित हुने र दश सेकेण्डमा एकको मृत्यु यही कारण हुने गर्दछ। हरेक वर्ष एक करोड ४० लाख मानिस मस्तिष्कघातबाट प्रभावित हुने गर्दछन्। विश्वमा साठी लाखको त यही कारण मृत्यु हुने गर्दछ। 

शारीरिक सन्तुलनमा अचानक गडबड, आँखा कमजोर, अनुहार बाङ्गिनु, हात वा गोडामा कमजोरी, बोली लरबरिनु लगायत यसका प्रारम्भिक लक्षण रहेको चिकित्सक बताउछन्। डा पौडेल भन्नछन् “यीमध्ये कुनै लक्षण देखिएमा चार घण्टाभित्र अस्पतालमा पुर्याउन सकिएमा मस्तिष्कघातले निम्त्याउने धेरै असरलाई न्यूनीकरण गर्न सकिन्छ।”

एक अध्ययन अनुसार नेपालमा मस्तिष्कघात भएकामध्ये ६० देखि ७० प्रतिशत रक्तनलीमा हुने अवरोध (रक्तश्राव) का कारण भएको पाइएको थियो, तर विकसित देशमा रक्तश्रावबाट कमै मात्रमा मस्तिष्काघात हुने गर्दछ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक दुई सेकेण्डमा एकजना मस्तिष्कघातबाट पीडित हुने र दश सेकेण्डमा एकको मृत्यु यही कारण हुने गर्दछ। हरेक वर्ष एक करोड ४० लाख मानिस मस्तिष्कघातबाट प्रभावित हुने गर्दछन्। विश्वमा साठी लाखको त यही कारण मृत्यु हुने गर्दछ। मृत्युको दोस्रो कारक तत्वका रुपमा यसलाई लिइन्छ। ६ मध्ये एकलाई मस्तिष्काघात हुनसक्ने अध्ययनले देखाएको छ। 

मस्तिष्कघात हुन नदिन के गर्ने त ?
डा पौडेल मस्तिष्कघातको जोखिम न्यूनीकरण गर्न रक्तचाप, मधुमेह, मोटोपन, खानपानलगायतमा ध्यान दिनुपर्ने सुझाव दिन्छन्। उनी भन्छन्, “रक्तचाप नियन्त्रण, समयमै मधुमेहको पहिचान र उपचार, मोटोपना र तौल नियन्त्रण, शरीरको रगतमा भएको कोलेस्ट्रोलको मात्रा नियन्त्रण, धुमपान तथा मद्यपान सेवन नगर्ने, अनुशासित जीवनशैली र पद्धति अपनाउनुपर्छ।”

यस्तैगरी मस्तिष्कघात पछि हुने कमजोरी विश्वमा नै अपाड्गताको दोस्रो ठूलो कारणको रुपमा रहेको छ। यो धेरैजसो मानिसमा ६० वर्षपछि देखिए पनि एक चौथाइ मानिस भने सक्रिय जीवन बिताइरहेका समयमा हुने चिकित्सक बताउछन्। डा पौडेलका अनुसार चिकित्सकको परामर्शमा रगत पातलो गर्ने औषधि सेवन गरेमा मात्र ४० प्रतिशतभन्दा बढी मस्तिष्काघात लाई नियन्त्रण गर्न सकिन्छ। रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी भएपछि सवारी साधनको सम्पूर्ण अधिकारका साथ साथै सो सवारी साधनलाइ रखरखाव गर्ने जिम्मेवारी र दैनिक रुपमा हुने थप खर्च...

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

फोल्ड गर्दा स्मार्टफोन, अनफोल्ड गर्दा ट्याब्लेट !! ...

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ? यी ६ वटा कुरा ख्याल गर्नाले तपाईंलाई धेरै सहयोग पुग्न सक्छ ...

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

९ अर्ब अमेरिकी डलरसम्म राजस्व कम हुन सक्ने ...

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

आफ्नो वाइफाईको सुरक्षा गर्नका लागि यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

नोकिया ९ प्युरभ्यु को मुख्य आकर्षण भने यसको ५ वटा क्यामरा सेटअप रहेको छ ...

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

सन् २०१८ मा स्मार्टफोन जगतमा आएका केहि विशिष्ट सुधारहरुको सूची ! ...

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

हुवावेले सन् २०१८ मा मात्रै २० करोडवटा भन्दा बढी स्मार्टफोनहरु बिक्रि गर्न सफल भयो । ...