coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

रियल मड्रिडका प्रशिक्षक लोपेटेगुई बर्खास्त

काठमाडौं – स्पेनिस क्लव रियल मड्रिडले प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गरेको छ। क्लबले लगातार खराब प्रदर्शन गरेपछि सोमबार राति बसेको क्लबको कार्यकारी बैठकले उनलाई बर्खास्त गरेको हो।

क्लबमा अनुबन्धन भएको साढे ४ महिनामै रियलले प्रशिक्षक लोपेटेगुईलाई बर्खास्त गरेको हो। विश्वकप फुटबलअघि रियल मड्रिडमा आवद्ध हुँदा लोपेटेगीलाई स्पेनिस फुटबल संघले बर्खास्त गरेको थियो। यो सँगै उनी एकै वर्षमा दुई पटक बर्खास्तीमा परेका छन्। रियलले जिनेदिन जिदानको स्थानान्तरण गर्दै लोपेटेगुईलाई प्रशिक्षकमा नियुक्त गरेको थियो।

तर गत शनिबार राति एल क्लासिकोमा बार्सिलोनासँग ५–१ ले पराजित भएसँगै उनको पद धरापमा परेको थियो। पछिल्ला ६ खेलमा लोपेटेगुईको त्यो पाँचौ हार थियो। अब उनको स्थान अस्थायी रुपमा पूर्व खेलाडी तथा ‘बी’ टिमका प्रशिक्षक स्यान्टियागो सोलारीले लिनेछन्। ला लिगामा रियल मड्रिड शीर्ष स्थानको बार्सिलोना भन्दा ७ अंकले पछाडी छ।

रियल मड्रिडले पछिल्ला तीन वर्ष लगातार च्याम्पियन्स लिगको उपाधि जितेको थियो। त्यस्तै सन् २००१–००२ यता ९ पटक स्पेनिस लिगको उपाधि उचालिसकेको छ।

प्रकाशित: १३ कार्तिक २०७५ ०९:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App