८ वैशाख २०८१ शनिबार
समाज

नापी सर्वेक्षक २ लाख रूपैयाँ घुससहित पक्राउ


सिरहा–नापी कार्यालय लहानमा कार्यरत नापी सर्वेक्षक सेवाग्राहीसँग घुस लिंदैगरेको अवस्थामा पक्राउ परेका छन्।
सर्वेक्षक देवनारायण चौधरी आफ्नै कार्यकक्षमा सेवा ग्राहीसँग २ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका हुन्। चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट आएको प्रहरी नायव उपरीक्षक प्रेमसागर केसीको टोलीले रंगेहात पक्राउ गरेको हो।
पक्राउ परेका चौधरीले सखुवा नन्कार्कटी गाउपालिका– २का एक सेवाग्राहीको स्रेस्ता सच्चाउनका लागि घुस मागेका थिए। जग्गाको स्रेस्तामा १ कठ्ठा ३ घुर जग्गा रहेकामा त्यसलाई सच्चाएर १ विघा ३ कठ्ठा बनाउन घुस लिइरहेको पाइएको  प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए। चौधरीबारे थप अनुसन्धान भइरहेको उनले जानकारी गराए।

 

प्रकाशित: १३ कार्तिक २०७५ ०९:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App