१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

माया भन्ने चिज यस्तै होः राजकुमारीले शाही उपाधी त्यागिन्

तस्बिरहरु: एजेन्सी

जापानी राजकुमारी आयाकोले आफ्नो प्रेमलाई रोजिन् र शाही उपाधी त्यागेकी छिन्। राजकुमारी आयाकोले सोमवार एक जना सर्वसाधारण व्यापारी केइ मोरियासँग टोकियोस्थित मेइजी मन्दिरमा लगनगाँठो कसिन्।

जापानको शाही घराना नियम अनुसार शाही परिवारकी स्त्रीले सर्वसाधारणसँग विवाह गरेमा शाही उपाधी त्याग्नुपर्छ।
२८ वर्षे यी राजकुमारी जापानी सम्राट अकिहितोका भतिजाजी छोरी हुन्। उनका पति ३२ वर्षे केइ मोरिया शिपिङ फार्मका व्यापारी हुन्।

उनका शुभेच्छुकले टोकियोको मेइजी मन्दिरमा विवाह समारोह हेरेका थिए। शाही उपाधी त्यागेपछि जीवनयापनका लागि राजकुमारीलाई  एकमुष्ठ झन्डै दश लाख डलर प्रदान गरिनेछ।

तस्बिरहरु: एजेन्सी
तस्बिरहरु: एजेन्सी
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App