८ वैशाख २०८१ शनिबार
प्रविधि

याहुका ५० करोड प्रयोगकर्ताको इमेल विवरण चोरिएको खुलासा

वासिङटन—अमेरिकी कम्पनी याहुले आफ्ना ५० करोड प्रयोगकर्ताको इमेल विवरण चोरिएको खुलासा गरेको छ।

कम्पनीले गठन गरेको एक अध्ययन टोलीले सन् २०१४ मा आफ्ना ५० करोड प्रयोगकर्ताको इमेल विवरण ह्याक भएको र त्यसबाट उनीहरुका महत्वपूर्ण  सूचना तथा तथ्याङ्क चोरिएको खु्लासा गरेको हो।

याहुले भनेको छ, ‘यो अहिलेसम्म कै सबैभन्दा ठूलो साइबर अपराध हो र यसमा एक ठूलै गिरोहको हात रहेको छ।’ तर कम्पनीले उक्त डाटा ह्याक कस्ले र कुन प्रयोजनले गरेको भन्ने बारे भने केही खुलाएको छैन। उसले भनेको छ, ‘यती धेरै प्रयोगकर्ताको इमेल किन ह्याक गरिएको हो भन्ने कुरा प्रष्ट भएको छैन तर यसमा कुनै एक व्यक्तिको मात्र संलग्नता नभई एक ठूलै गिरोहको हात रहेको छ र यसको बारेमा थप अनुसन्धान भैरहेको छ ।’

ह्याकरले प्रयोगकर्ताको नाम, इमेल ठेगाना, टेलिफोन नम्बर, जन्म मिति र पासवोर्ड ह्याक गरेको तर क्रेडिट कार्डका डाटाका बारेमा भने केही सूचना नचोरिएको याहुले बताएको छ।

याहुले आफ्ना प्रयोगकर्तालाई आफ्नो याहु एकाउण्ट सुरक्षित राख्नका लागि इमेलमा भएको पुरानो पासवर्ड परिवर्तन गर्नसमेत आग्रह गरेको छ।
 

प्रकाशित: ७ आश्विन २०७३ ०९:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App