coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

तरलता अभावको मनोवैज्ञानिक असर लगानीकर्तामा

काठमाडौं - लगानीयोग्य पुँजीको अभाव हुने थालेसँगै घट्न थालेको सेयर बजार मापक नेप्से सोमबार पनि रोएिकन। आइतबार १३.६२ बिन्दुले गिरावट आएको नेप्से सोमबार १०.५६ बिन्दुले घटेर १२१६.९३ मा आइपुगेको छ।

नेप्सेसँगै आइबारको तुलनामा सोमबार कारोबार रकममा समेत कमी आएको छ। आइतबार ३२ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार घटेर २४ करोड ९१ लाख रुपैयाँमा सीमित भएको छ।

सोमबार एक ६० कम्पनीका नौ लाख ८७ हजार तीन सय २१ कित्ता सेयरमात्र कारोबार भएका छन्।

सोमबार कारोबारमा आएका १० उपसूचक सबैमा गिरावट आएको छ । सबैभन्दा धेरै निर्जीवन बिमा कम्पनीको ७५.६७ बिन्दुले घटेको छ । यस्तै होटल समूहको ४८.७६, हाइड्रोपावर १४.४४, विकास बैंक १२.१६ बिन्दुले घटेको छ । सबैभन्दा कम फाइनान्स समूहको ३.०१ बिन्दुले घटेको हो।

सोमबार कारोबार रकमको आधारमा सबैभन्दा धेरै गोर्खा फाइनान्सको दुई करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । एनआइसी एसिया बैंकको एक करोड ३७ लाख, प्रभु बैंकको एक करोड १२ लाख र जनता बैंकको एक करोड दुई लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

सोमबार सबैभन्दा धेरै कमाउनेमा रिडी हाइड्रोपावरका सेयरधनी छन् । यसको सेयर मूल्य ७.८४ प्रतिशतले बढेको हो । यस्तै खानीखोला हाइड्रोपावरको सेयर मूल्य २.०६, साना किसान विकास बैंकको १.८९, नेपाल सेवा लघुवित्तको १.८७ प्रतिशतले बढेको छ।

सबैभन्दा धेरै गुमाउनेमा रैराङ हाइड्रोपावरको सेयरधनी छन् । रैराङका सेयरधनीले ७.८७ प्रतिशतले गुमाए । पोखरा फाइनान्सको सेयर मूल्य ६.६६, एनआइबिएल प्रगति फन्डको ५.७५, युनाइटेड मोदीको ५.४२, सपोर्ट माइक्रोफाइनान्सको ४.९८ प्रतिशतले घटेको छ।

प्रकाशित: १३ कार्तिक २०७५ ०४:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App