coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

मुम्बईमा डिसिएको जीत

धनगढी : धनगढी क्रिकेट एकेडेमी (डिसिए) को टोलीका कप्तान सुबोध ऐर ब्याटिङमा चम्केपछि साेमबार डिसिएले मुम्बईको जोली ब्रदर्स क्रिकेट क्लबलार्इ पराजित गरेकाे छ।

मुम्बईको क्रस मैदानमा आज भएको खेलमा कप्तान ऐरले ८९ बलमा १६ चौकासहित १०६ रन बनाएपछि डिसिएले जोली ब्रदर्स क्रिकेट क्लबलाई ११० रनले पराजित गरेको हो। यससँगै मुम्बईमा पाँच मैत्रीपूर्ण एक दिवसीय खेल खेलिसकेको डिसिएले तीन खेलमा जीत निकाल्दा दुई खेलमा भने पराजय व्यहाेर्याे।

साेमबारकाे खेलमा टस हारेर ब्याटिङ रोजेको डिसिएले निर्धारित ३५ ओभर पूरै खेल्दै सात विकेटको नोक्सानीमा २२८ रन बनाएको थियो। डिसिएले उच्च स्कोर बनाउने क्रममा कप्तान ऐर र अर्का प्रारम्भिक ब्याट्सम्यान रोहन विकले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरे। क्याच आउट भएका रोहनले ३१ रन बनाए। यस्तै डिसिएको जीतमा सोनु मण्डलले अर्धशतक बनाए। चौथो विकेटका रुपमा कप्तान सुबोध र सोनुले सबैभन्दा बढी १२४ रनको साझेदारी गरे। बलिङ गर्दै जोलीका अथर्भले सर्वाधिक चार विकेट लिए पनि डिसिएलाई रन बनाउनवाट रोक्न सकेनन्। 

लक्ष्य पछ्याउन मैदान उत्रेको जोली ब्रदर्श ३२ ओभरमा अलआउट हुँदै ११८ रनमा समेटिएको थियो। जोलीका अजहर मनसुरीले ३१ र देवले १८ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन्। जोली क्लबलार्इ सस्तैमा समेट्ने क्रममा डिसिएका १० वर्षीय सुबोध तिवारीले सर्वाधिक तीन विकेट लिए। सोनु मण्डल र निशान पन्तले दुई/दुई तथा कुश मण्डल तथा राजन लोहनीले एक एक विकेट हात पारे।   रासस

प्रकाशित: १२ कार्तिक २०७५ १५:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App