६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

स्क्रव टाईफसका संक्रमित ४८ पुगे, एक महिनामा दुईको मृत्यु

डडेल्धुरा - डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा स्क्रव टाईफस रोगको संक्रमण बढ्दै गएको छ। उपक्षेत्रिय अस्पतालमा उपचार हुन नसकेपछि एक महिनाको अवधीमा दुई जनाको मृत्यु समेत भएको छ। संक्रमण बढ्दै गएपनि स्वास्थ्य संस्थाहरुले रोकथामका लागी कुनै पहल थालेका छैनन्।

पहिलो पटक डडेल्धुराको अजयमेरुमा देखा परेको स्क्रव टाईफस पछिल्ला दिनहरुमा अन्य पहाडी जिल्लामा पनि देखा पर्दै गएको छ। यसको संक्रमण बढ्दै जान थाले पछि अजयमेरु, नवदुर्गा गाउँपालिका, अमरगढी नगरपालिकासँगै बैतडी र बझाङ जिल्लामा पनि देखा पर्दा उपचारका लागि विरामी उपक्षेत्रिय अस्पताल डडेल्धुरा पुगेको अस्पतालले जनाएको छ। 

स्क्रव टाईफस रोग लागेमा ज्वरो आउने, मांसपेसी दुख्ने, अत्याधिक टाउको दुख्ने, खोकी लाग्ने जस्ता लक्षण देखा पर्ने चिकित्सकले बताएका छन्।

डडेल्धुरामा स्क्रव टाईफस रोगबाट एक जनाको मृत्यु भएको महिना दिन पछि स्क्रव टाईफस रोगकै कारण बैतडीका एक स्थानीयको समेत मृत्यु भएको छ। स्क्रव टाईफस रोगकै कारण बैतडीको पाटन नगरपालीका २ सिलंगाकी ९ वर्षीया बालिका गंगा पन्तको उपचारका क्रममा कात्तिक ५ गते मृत्यु भएको उप क्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ।उपक्षेत्रिय अस्पताल डडेल्धुरामा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै उनकाे मृत्यु भएको थियाे। सुदुरपश्चिम प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, बैतडी र बझाङमा स्क्रव टाईफस रोगको संक्रमण देखिएको छ।

सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा ४० दिनको अवधीमा ४८ जनामा स्क्रव टाईफस रोगको संक्रमण देखा परेको उपक्षेत्रीय अस्पताल डडेल्धुराका ल्याव अधिकृत ईश्वरी राज भुसालले बताए। स्क्रव टाईफस रोगको संक्रमण बढ्दै गए पनि अहिले सम्म सरकारी निकायले कुनै चासो नदिएको भन्दै विरामीले आपत्ती जनाएका छन। स्क्रव टाईफस रोग लागेमा ज्वरो आउने, मांसपेसी दुख्ने, अत्याधिक टाउको दुख्ने, खोकी लाग्ने जस्ता लक्षण देखा पर्ने चिकित्सकले बताएका छन्। स्क्रव टाईफस रोग मुसाबाट माईट जिवाणुले मानिसमा सार्ने गरेको ल्याव अधिकृत ईश्वरी भुसालले बताए।

गत असोज ३ गते डडेल्धुराको अजयमेरु गाउँपालिका ४ भुल्कुडामा पहिलो पटक स्क्रव टाईफस रोग देखा परेको थियो। अहिले यो संक्रमण फैलदै जाँदा नवदुर्गा गाउँपालिकासँगै अमरगढी नगरपालिकामा पनि देखा परको उपक्षेत्रीय अस्पतालले जनाएको छ। 

 

प्रकाशित: १२ कार्तिक २०७५ १५:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App