coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

दुर्गम क्षेत्रमा अस्पताल बनाउन कार्कीको दौड

काठमाडौं - दुर्गम स्थानमा अस्पताल भवन निर्माणमा सहयोग जुटाउने उद्देश्यले धावक रामसुन्दर कार्की खुर्कोटदेखि सिन्धुलीगढीसम्म दौड्ने भएका छन्। खुर्कोटदेखि सिन्धुलीगढीसम्म करिब २५ किलोमिटर दूरीको दौड कार्कीले कात्तिक २४ गते तय गर्नेछन्।

‘दुर्गमको कुन ठाउँमा अस्पताल बनाउन सहयोग गर्ने भन्ने विषयमा साथीभाइहरुसँग सल्लाह भइरहेको छ', उनले भने, 'साथीभाइहरुकै सल्लाह बमोजिम उचित ठाउँमा अस्पताल बनाउन खर्च कटाएर दौडबाट उठेको रकम सहयोग गर्छु।'

कार्कीको दौडलाई रुसलानले मुख्य प्रायोजन गर्ने भएको छ। यसअघि २०६४ सालमा १ सय १ दिन दौडेर ७५ जिल्ला पुगिसकेको कार्कीले जानकारी दिए। कार्कीले काठमाडौंदेखि सिन्धुलीगढी २ पटक, काठमाडौंदेखि लुम्बिनी ६ पटक, काठमाडौंदेखि दोलखा ३ पटक र काठमाडौंदेखि पोखरा १ पटक दौडिसकेका छन्। त्यस्तै कार्कीले काठमाडौंदेखि भारतको उत्तर प्रदेश र भुटानको सिमाना फुन्चुलिङ पनि दौडेर पुगेको जानकारी दिए।

प्रकाशित: १२ कार्तिक २०७५ १२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App