coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

टिपर पल्टदा दुईको मृत्यु

रसुवा– कालिका गाउँपालिका–४ आम्बासमा भएको टिपर दुर्घटनामा आज दुई जनाको मृत्यु भएको छ ।

बालुवा बोकेर पारच्याङतर्फ गइरहेको बा ४ ख ८३६६ नम्बरको टिपर दुर्घटना हुँदा नौकुण्ड गाउँपालिका–३ का ४१ वर्षीय कामी तामाङ र १५ वर्षीय प्रकाश तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष तामाङले जानकारी दिए।

 घाइते चालक जीवराम थोक्रासहित तीन जनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ । उक्त टिपर सडकदेखि २०० मिटर तल खसेको बताइएको छ।रासस

प्रकाशित: १२ कार्तिक २०७५ १२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App