coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘कर्णालीको विकासका लागि दीर्घकालीन योजना’

सुर्खेत–राष्ट्रिय योजना आयोगले कर्णाली प्रदेशको समृद्धि र विकासका लागि दीर्घकालीन गुरुयोजना तयारीमा जुटेको जनाएको छ। 

आयोगले समग्र कर्णालीको विकास र समृद्धिका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण गर्न लागेको बताएको हो। आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कंडेलले सदियौंदेखि पछाडि परेको कर्णाली प्रदेशको विकासका लागि गुरुयोजना निर्माण भइरहेको बताए।

‘विगतमा योजना बनाउँदा कर्णाली छुटेकै हो,’ सोमबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा डा. कँडेलले भने, ‘अव उच्च प्राथमिकतामा राखेर योजना निर्माण र कार्यान्वयन गछौं।’ उनले कर्णालीको समृद्धिका लागि सडक र अन्य भौतिक पूर्वाधारलाई आयोगले प्राथमिकता दिने बताए।

‘सडक सञ्जाल, अन्य भौतिक पूर्वाधार, सञ्चारलगायतमा कर्णाली अझै पछाडि छ,’ उपाध्यक्ष कँडेलले भने, ‘अव योजना बनाउँदा यि कुराहरुलाई पहिलो प्राथमिकतामा राख्छौं।’ उनले आगामी जेठभित्रमा कर्णालीको पाँच वर्षे, १२ वर्षे र २५ वर्षे कार्ययोजना सार्वजनिक गर्ने तयारीमा आयोग रहेको बताए।

उपाध्यक्ष डा. कँडेलले अयोगले तत्कालका लागि अन्तर प्रादेशिक, राष्ट्रिय गौरवका र राष्ट्रिय प्राथमिकतामा परेका योजनाहरुमात्रै हेर्ने जानकारी दिए । ‘अबको केही समयमै प्रदेशमा पनि योजना आयोग गठन हुँदैछन्, त्यस्ता आयोगले प्रदेश स्तरका आयोजनाहरुको योजना र निर्माण गर्छ,’ उपाध्यक्ष कँडेलले भने, ‘बाँकी राष्ट्रिय महत्वका आयोजनाहरु संघमार्फत हेछौं ।’ 

 

प्रकाशित: १२ कार्तिक २०७५ ११:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App